सूर्यविनायकमा पहिरोः प्लानिङको सिफारिसले मानबवस्ती जोखिममा
साउन १०, २०८१, बिहीबार | विहान ०८:२० बजे | 75
भक्तपुर । सूर्यविनायक नगरपालिकाले पहिरोमा प्लानिङका लागि स्वीकृत दिएकाले कतिपय वडाका मानबस्तीहरु जोखिममा परेका छन । नगरपालिकाको वडा र्न ९ को नैखेलको पाँखागाउँमा वनसंग जोडिएको भिरालो एरियामा वडाको सिफारिसमा प्लानिङवालालाई जग्गा सम्याउन स्वीकृत दिएका कारण पाँखागाउँको बस्ती नै जोखिमको डिलमा पुगेको छ । कुनै पनि बेला झरी बढेसंगै थप संकटको सामना गर्नु पर्ने त्रासमा स्थानीयवासीहरुलाई दिन काट्न वाध्य वनाइएको छ ।
सो एरियामा केही दिन अघि परेको वर्षाले ठूलो परिणाममा नोक्सानी पु¥याएको थियो । स्थानीयवासीहरुको घर–घरमा पानीसंगै प्लानिङको माटो एकातिर व्यक्तिको घर–घरमा पुगेको थियो भने अर्कोतिर खोलाको निकास थुनिएर पलासे– नंखेल खण्डको बीच भाग पाँखागाउँ नजिकको सडक वगरमा परिणत भएको थियो । अहिले पनि सो एरियामा प्लानिङबाट खसेको माटो कै कारण सवारी –साधनको आवतजावत बन्द नै छ ।
सो एरियामा प्लानिङ सुरुवात गर्नु भन्दा अघि नै स्थानीयवासीहरुले भिरोलो एरियामा प्लानिङ नगर्नका लागि पटक–पटक अनुरोध गर्दा पनि जनप्रतिनिधिहरुले वेवास्ता गरेर नगरपालिकामा जग्गा सम्याउनका लागि सिफारिस गरेका कारण आज यो अस्था आएको स्थानीयवासीहरुको भनाई छ ।
केही दिन अघि परेको वर्षाले सो एरियाको मानबबस्तीमा ठूलो परिणाममा नोम्सानी पुराएपछि स्थानीयवासीहरु आकोसित हुँदै ९ नं को वडा कार्यालयमा गएका थिए । वडाले निम्ताएको सो विपदको क्षर्तिपूर्ति कसले दिने भन्दै वडा अध्यक्ष भगवान खत्रीसंग माग राखेका थिए । स्थानीयवासीहरुको आका्रेसले तत्कालिन समयमा वडा कार्यालयको माहौल तनावपूर्ण बनेको थियो । स्रोतका अनुसार स्थानीयवारीहरुले आफ्नो स्वर्ग जस्तो गाउँमा वडाले विपद निम्ताएको भन्दै वडामा ओक्रोस पोखेका थिए । सो क्रममा वडा कार्यालयको कुर्सी समेत भाचिएको थिया। ेत्यसोत स्थानीयवासीहरुले वर्षायाममा विपद आउने पहिले नै अडकल गरेको थिए । सो काम सुरु गर्दा समेत आफूहरुले त्यहाँ डोजर नचलाउन जनप्रतिनिधिहरुलाई पटक–पटक अनुरोध गरेकोमा त्यतिखेर पनि उनीहरुबाट सुनाई नभएको उनीहरु वताउँछन ।
स्थानीयवासीहरुको भनाई अनुसार जग्गा धनीलाई बनको सिमानासँग जोडिएका भिरालो भू–बनोटको अध्ययन नै नगरी नगरपालिकाले जग्गा सम्याउन सिफारिस दिएका कारण सो भुगोलसग जोडिएका तल्लो तटीय मानबबस्ती अहिले जोखिममा परेको हो ।
नगरपालिकाकै मिलोमतोमा सो एरियाको तीन–चार ठाउँमा जग्गा सम्याउने नाममा प्लानिङको खेती निर्वाधरुपमा अहिले पनि भइराखेको छ । जसका कारण अहिले स्थानीयवासीहरु क्षति व्यहोर्न वाध्य भएका छन ।
जग्गा सम्याने नाममा प्लानिङको खेती
स्थानीयका अनुसार पहिले जग्गा सम्याउने भनेर नगरपालिकाबाट स्वीकृती लिने गर्छ । त्यसपछि त्यही ठाउँमा प्लानिङको काम गरिदै आउने गरेको छ । पहिलो चरणमा नै प्लानिङको लागि सिफारिस दिदा आफू अप्ठ्यारोमा पर्ने डर भएकाले जग्गा सम्याउन मात्रै भनी नगरपालिकाले स्वीकृति दिदै आउने गरेको छ, उनीहरुले भने, नगरपालिका आफू बच्न र जनतालाई बेबकुफ बनाउनका लागि प्रायः सबै ठाउँमा यस्तो तरिका अपनाउँदै आउने गरेको देखिन्छ ।
एकातिर नगरपालिकाले आफूले प्लानिङका लागि सिफारिस नदिएको भन्ने अर्कोतिर जग्गाधनीह्ररुले जथाभावी्ररुपमा डाडो फोर्डा समेत चुप लागरे बस्ने एक प्रकारको परम्परा नै नगरपालिकाले बसालेको आफ्नो नाम सार्वजनिक नगरिदिन अनुरोध गर्दै जानकारी दिए ।
वन अतिक्रमणः
पाँखागाउको वन एरियालाई समेत अतिक्रमण गरेर जग्गा सम्याउने काम भएको थियो । वन अतिक्रमण गरेकै कारण अहिले मानबबस्ती जोखिमा पर्ने सम्भावना बढेर गएको स्थानीयको भनाई छ ।
उनीहरुका अनुसार बन क्षेत्रमा डोजर चलाउँदा समेत वडा मौन बसेको थियो । जग्गा सम्याउने नाममा वनको जग्गा समेत अतिक्रमण गर्दै वनको ३०–३५ वटा रुख काटिएका थिए । त्यतवेला पनि नगरपालिकाले चासो दिएको थिएन । स्थानीय वन उपभोक्ता समितिले त्यसबारे जानकारी वन विभागलाई गराएपछि वनका कर्मचारीहरु निरीक्षणका लागि आएका थिए । जग्गावालाहरुले आफ्नो जग्गा सम्याउने क्रममा वनको समेत अतिक्रमण गरेको पाएपछि उनीहरुलाई वनले जरिवाना रकम समेत गराएको थियो । तर, अहिले कुनै पनि बेला वन समेत जोखिममा पर्न सक्ने र त्यसले ढिलोचाँडो ठूलो मानवीय बस्तीमा क्षति पु¥याउने त्रास स्थानीयमा छ ।