डोलेश्वरमा जथाभाबी वढी मूल्य लिनेलाई कारबाही


साउन ८, २०८१, मङ्गलबार | विहान ०१:२३ बजे | 65


डोलेश्वरमा जथाभाबी वढी मूल्य लिनेलाई कारबाही

भक्तपुर । भक्तपुरको श्री केदारनाथको शिर डोलेश्वोर  मन्दिरमा चिया  खाजाको मुल्यको जथाभाबी लिएको खवर सार्वजनिक भएपछि त्यस्तामाथि कारबाही गर्ने भएको छ । खाजानास्ताको मूल्य जथाभाबी लिएको बिषय सार्वजनिक भएपछि सूर्यविनायक नगरपालिका ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले सार्वजनिक सूचना जारी गर्दै कारबाही गर्ने जनाएका हुन् ।   
कुन पसल हो, तपाईंसंग बिल छ भने खवर गर्नुहोला । हामी येथार्थ बुझ्छौ । साथै सम्पूर्ण  भक्तजन तथा उपभोक्ताहरुलाई जात्रा र मेलामा मूल्य सुची हेरेर मात्र सामन उपभोग गर्न हुन हार्दिक अनुरोध गर्दछौ , वस्नेतले सार्वजनिक रुपमा लेखेका छन् । हामी वडा  र नगरपालिका, मन्दिर समितीसँगको सहकार्यमा तत्काल नै यो बिषयमा छलफल सहित समाधान गर्ने प्रतिबद्दता उनले सार्वजनिक रुपमा व्यक्त गरे । 

Comments