साहित्यकार प्रजापति तिमिल्सिनालाई सुखद शुभकामनासहितको बिदाइ
साउन ८, २०८१, मङ्गलबार | विहान ०१:०० बजे | 80
काठमाडौं । वरिष्ठ आख्यानकार प्रजापति तिमिल्सिना केही महिनाका लागि अमेरिकाको यात्रामा जानुहुने भएकोमा उहाँलाई कोटेश्वर तीनकुनेस्थित एक होटलमा सामान्य जलपानको आयोजनासहित उहाँको सुखद शुभयात्राको कामना गरियो । उक्त कार्यक्रमको सभापतित्व जेष्ठ साहित्यकार डा.इन्दुल केसीबाट भएको थियो । कार्यक्रमको संचालन साहित्यकार पदम दाहालले गर्नु भएको थियो भने चुडाप्रसाद चौलागाई, अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीहरू सबैजनाले आ–आफ्ना सिर्जना वाचन गरी साहित्यिक माहोलकासाथ आपसी भेटघाट र आ–आफ्ना विचार अभिव्यक्त गरिएको थियो । साथमा प्रजापति तिमिल्सिनाका दुई छोरी तथा ज्वाइँको उपस्थिति थियो भने उहाँहरूले पनि सुनेका सिर्जनाप्रति आ–आफ्नो प्रतिक्रियात्मक धारणा र अभिव्यक्ति प्रस्तुत गर्नु भएको थियो ।