जब कोरा भक्तपुरले विदेशी सहयोग अस्वीकार गरे .....


साउन ६, २०८१, आइतबार | दिउँसो ०२:११ बजे | 165


जब कोरा भक्तपुरले विदेशी सहयोग अस्वीकार गरे .....

भक्तपुर । ढुंगालाई माटोको भर, माटोलाई ढुंगा भने जस्तै कुनै पनि काम सफल पार्नका लागि सहयोगकीको भूमिका उतिकै रहन्छ । भक्तपुरमा प्रत्येक वर्ष हुँंदै आएको कोरा भक्तपुर अर्थात् साइकल यात्रा कार्यक्रम सकिएको छ । 
कार्यक्रमका लागि देशका अन्य जिल्लाहरुमा जस्तै भक्तपुरमा पनि यूएसआइडी नामक एनजीओ अर्थात् गैर सरकारी संस्थाले सहयोग गर्ने कुरा भयो । एनजीओले साइकल यात्रीका लागि आफनो लोगोसहितको एउटाएउटा टिशर्ट तथा अन्य सहयोग गर्ने कुरा आयो । 
त्यसपछि आयोजक साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बालाले नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालसमक्ष पुग्यो । त्यसपछि साथीहरुवीच सल्लाह गरियो । सल्लाह अनुसार एनजीओको सहयोग नलिने निर्णयमा पुगियो । त्यसपछि सहयोगको मेसा मिलाए उही सिइओ इन्जिनियर कृष्णभक्त दुवालले । उनले नेपाल इको प्यानलबाटै टिर्शटको वन्दोवस्त मिलाए । साथै नगरकोटस्थित फन्की हिल रिसोर्टमा गरियो । 
स्वास्थ्यप्रति सचेतना बढाउने र वातावरणमैत्री यातायातका साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेकोले आफूहरुले सामाजिक उतरदायित्व अन्तर्गत सहयोग गरेको इन्जिनियर दुवालले बताए । कोरा भक्तपुरले साइकलिङलाई मात्र प्रोत्साहन गर्ने होइन, भक्तपुरलाई पनि नयाँ उचाइमा पु¥याउने लक्ष्य राखेको छ, उनले भने, यही कारण हामीले सहयोग गरेका हौं ।
’पैदल र पेडलमैत्री शहर’ भन्ने मुख्य नाराका साथ साइकल यात्रा भएको थियो । कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूका साथै विदेशबाट गरी एक हजार तीन सय साइकलिस्टहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले कार्यक्रम गरेको जनाइएको छ । 
सन् २०११ देखि काठमाडौंबाट शुरू भएको कोरा साइकलिङ च्यालेन्ज नेपालको २० भन्दा धेरै शहर र नेपाल बाहेक सिंगापुर, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत लगायतका देशमा पनि हुने गरेको छ । नेपाली माटोबाट शुरू भएको कोरा साइकल च्यालेन्ज एक पृथक साइकलिङ कार्यक्रम हो ।
कोरा साइकलिङ च्यालेन्जको मुख्य उद्देश्य एक स्थापित साइकलिङ कार्यक्रम मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भक्तपुरलाई चिनाउने अवसरको रूपमा लिइएको छ । कोरामा हरेक उमेर समूह र समुदायका साइकलप्रेमीहरू एक महोत्सवको रूपमा सहभागी हुने हुँदा धेरै भन्दा धेरै साइकलप्रेमीहरूसँग जोडिने अवसर पनि हो ।
कार्यक्रम विहान भक्तपुरको नपुखू (पोखरी) बाट सुरु भएको थियो । संघीय सांसद् प्रेम सुवालबाट उदघाटनपछि साइकल यात्रा सुरु भएको थियो । यात्रीहरुले नगरकोटको फन्की हिल रिसोर्टमा पुगेर खाना खाएका थिए । २५, ५०, ७५ र एक सय गरी चार वटा रुटमा यात्रा भएको थियो । यसका लागि पहिला नै सहभागीहरुले कुन रुटमा यात्रा गर्ने नाम दर्ता गराएका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

जब कोरा भक्तपुरले विदेशी सहयोग अस्वीकार गरे .....
जब कोरा भक्तपुरले विदेशी सहयोग अस्वीकार गरे .....

Comments