नेमकिपाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत
साउन ६, २०८१, आइतबार | दिउँसो ०१:२३ बजे | 75
काठमाडांै । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी सांसदबाट विश्वासको मत प्राप्त गरेको छ ।
आइतबार प्रतिनिधिसभामा भएको विश्वासको मत परीक्षणमा ओली नेतृत्वको सरकारलाई १८८ सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा ७४ मत परेको छ, भने एक सांसद तटस्थ बसेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार २६३ जना सांसद उपस्थित थिए ।
सरकारलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले विश्वासको मत दिए । यस्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गरे । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भन्ने तटस्थ बसे अर्थात् विश्वासको मत दिन्न पक्षमा रहे ।
संविधानको धारा ७६ (२) बमोजिमअसार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए । आइतबार संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिएका हुन् ।