ख्वप साकोेसले गरयो बनभोज
साउन ६, २०८१, आइतबार | विहान १०:१२ बजे | 70
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि महिला उपसमितिको आयोजनामा २०८१ साउन ५ गते शनिबार महिला गोला समूहको बनभोज कार्यक्रम कमलविनायक पिकनिक स्पोटमा सम्पन भयो । कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका केन्द्रिय सदस्य एवं वागमती प्रदेश सभा सदस्य सृजना सैजूले ख्वप बचतका कृयाकलापहरु सकारात्मक छन यसका गिितविधीले समाज परिर्वतनमा सकारात्मक प्रभाव परेको छ । महिलाहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ पुरुषलाई भन्दा महिलालाई ४२ वटा बढी थप रोगलाग्ने सम्भाबना भएकोले नियमित स्वास्थ्य जाच आवश्यक छ । स्वास्थ्यलाई हानिकारक फास्टफुड खानाहरु नखाऔं,सुघरको सेवन विस्तारै कम गरौ, देशका राजनिती र घटनाक्रमबारे महिलाहरुले चासो राख्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले वडाको विकास निर्माणबारे चर्चा गर्दै कालीघाट सत्तलका लागि बजेटको बन्दोबस्त गरेको जानकारी दिनुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष राजकुमार लघुले ख्वप साकोस सहकारी मूल्य मान्यताअनसाुर संचालित भएकोले शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन विभिन्न गतिविधि गरिरहेका जानकारी गराउदै बजारिया सहकारीमा बिकृति आइरहेको चर्चा गर्दै स्थानिय दाजुभाई दिदि बहिनीहरुको नेर्र्तत्व रहेका संस्थामा मा मात्र रकम बचत गर्न अनुरोध गर्नुभयो । महिला उपसमितिका संयोजक चण्डेश्वरी याकामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रिता सुवाल बबी मैंया कवां र सुलोचना सुवालले पनि बोल्नु भएको थियो । कार्यक्रम बाल बचतकर्ता मिसिप सुवालले गीत प्रस्तुत गर्नुभयो । कार्यक्रमा प्रमुख अतिथि सृजना सैजुले अतिरिक्त क्रियाकलापमा विजेताहरुलाई पुरस्कार वितरण गर्नुभयो ।