अन्धा र अशक्तका साथी बने तारा बहाँदुर कुवँर
कार्तिक २९, २०७७, शनिबार | विहान ०९:५९ बजे | 35
काठमाडौँ । सामाजिक अभियान्ताका रुपमा चिनिएका कुवँरले १०० परिवार दृष्टिविहिनहरुलाई खाद्यन्न वितरण गर्ने काम सम्पन्न गरेका छन् । नमस्ते फाउन्डेसनका अध्यक्ष समेत रहेका कुवँरको अगुवाइमा आयोजित कोभिड १९ को कारण अप्ठेरोमा परेका दृस्टी बिहिन अशक्त अपाङ्गहरुलाई होटेल हायातको छेउमा राहत वितरण गरिएको छ ।
पुर्ब प्रधान सेनापती रुक्मांगद कटवाल जिउको प्रमुख आतिथ्यतामा तिहारको शुभकामना आदानप्रदान सहित २६ औ हप्ताको राहत बितरण १०० दृष्टिविहिन दाजुभाइ दिदीबहिनीलाई गरिएको तारा बहादुर कुवँरले निर्माण मिडियालाई बताए ।
२५ औ चरणको राहत वितरण गर्दा १५५० परिवारलाई राहत वितरण गरिसकेको र यो १०० दृष्टिविहिन परिवारलाई दिदाँ २६ औ चरणको राहत वितरण रहेको कुवँरले बताए । राहत वितरण गर्न कुुवँर एक्लै नभई केही साथीहरुको सहयोगमा राहत वितरण गरेकोे बताए ।
लकडाउन भरिमा २६ औ चरणको राहत वितरण गरेका कुवँरले २७ औ चरणको राहत वितरण किर्तिपुरमा ५० जना मानिसहरुलाई दिइने समेत निर्माण मिडियालाई बताए ।
१०० दृष्टिविहिन परिवारलाई राहत वितरणका लागि सहयोग गर्नु हुने रामेश्वर मानन्धर,महेन्द्र प्रसाद गुप्ता,इन्जिनियर हरिशरण महत्व र उज्जवल प्याकुरेललाई कुवँरले विशेष धन्यवाद दिएका छन् ।