थुसाचामा कोलाहल ः हजारौ भीड (तस्वीरहरुसहित)

साउन ५, २०८१, शनिबार | दिउँसो १२:१८ बजे | 250

थुसाचामा कोलाहल ः हजारौ भीड (तस्वीरहरुसहित)

भक्तपुर । भक्तपुरको थुसाचामा पुलमाथि वाढी उर्लेको छ । बाटोभरि बाढी वग्दा आवतजावत बन्द भएको छ । थुसाचा पुलको एउटा पुलमा पुलमाथि बाढी बसेको हो । जगातीबाट च्याम्हासिंह जाँंदाको पहिलो पुलमा बाढी माथि पुगेको हो । 
बाढी पुगेपछि त्यहाँंको जनजीवन प्रभावित भएको छ । बाढी हेर्न हजारौ मानिसको भीड बढेकोे छ । बाढी वढेपछि आवतजावतसमेत बन्द भएको छ । मोटरसाइकल जतिकै उचाइसम्म बाढी पुगेपछि विशेष गरी मोटरसाइकल आवतजावत बन्द भएको हो । बाढी आएपनि कुनकुनै ठूला सवारीसाधन जोखिमका साथ आइरहेका छन् । तथापि त्यहाँं जाम बढेको छ । जामले जनजीवन अझ अस्तव्यस्त पारेको छ । खोल बस्तीमा समेत पस्न थालेको छ । समाचार तयार पार्दासम्म कुनै मानवीय क्षति हुन पाएको छैन । 

फाेटाेमा हेर्नुहाेस्...

थुसाचामा कोलाहल ः हजारौ भीड (तस्वीरहरुसहित)
थुसाचामा कोलाहल ः हजारौ भीड (तस्वीरहरुसहित)
थुसाचामा कोलाहल ः हजारौ भीड (तस्वीरहरुसहित)

Comments