लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर


साउन ५, २०८१, शनिबार | विहान ०२:५८ बजे | 20


लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर

नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भए  

लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ  बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो  डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो 

कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले  ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए 

तोकिएको समयभित्र १६ वटा क्लब चार्टर गर्दै नेपालको डिष्ट्रिक्ट ३२५ आई दोस्रो भएको   डिष्ट्रिक्ट आईले ३४ वटा क्लब खोल्ने प्रतिबद्धता गरेको थियो 

कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराफस्ट लेडी अमार्लेस ओलिभेरापास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानइन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायत नेपालका सिनियर लायन्स लिडरहरुका साथै व्यवसायीहरुको पनि उपस्थिती थियो 

इन्टरनेसनल प्रेसिडेन्ट ओलिभेराले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको सुरुवात नेपालबाट गरेका हुन् । ओलिभेराले विश्व लायन्स  इतिहासमा नेपालका लायन्स क्लबहरुले दिएको योगदानको खुलेरै प्रशंसा गरे   उनले नेपालमा डिष्ट्रिक्ट ३२५  को पहिलो क्याबिनेट मिटिङमा पनि सहभागिता जनाए 

सानो देश भए पनि विश्व लायन्समा नेपाल निकै चर्चित   हाल नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् 


Comments