कोरोना रोकथामका लागि चण्डेश्वरी अजिमा साकोसको रु. ६० हजार आर्थिक सहयोग


कार्तिक २८, २०७७, शुक्रबार | दिउँसो ०२:४४ बजे | 65


भक्तपुर । कोरोना रोकथामका तथा नियन्त्रणको लागि चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिकालाई रु. ६० हजार आर्थिक सहयोग प्रदान ग¥यो ।
भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चण्डेश्वरी अजिमा साकोसले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगको लागि नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुका साथै नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तिक’ र केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Comments