सूर्यविनायकका वडावडाहरुमा पत्रकारहरुलाई गराइयो अवालेकन भ्रमण
साउन २, २०८१, बुधबार | विहान ०८:२९ बजे | 75
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले जिल्लामा रहेका पत्रकारहरुलाई नगरपालिका अनि वडा कार्यालयहरुले गरेका विकास निर्माणलगायतका प्रगति विवरण देखाउन पत्रकारलाई एकदिने भ्रमण गराएको छ । राष्टिय सञ्चार केन्द्र नेपाल गठाघर भक्तपुरको आयोजनामा नगरपालिकाको आयोजनामा सूर्यविनायक नगरपालिकाको सहकार्यमा भ्रमण गराइएको हो ।
सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया नामाकरण गरिएको भ्रमणमा नगरपालिकाका वडावडाहरुमा पुगेर वडामा भएका विकास निर्माणका प्रगति विवरण सुनाइएको थियो । सूर्यविनायक नगरपालिका वडा नं ३ बाट सुरु भएको भ्रमण वडा नं १० चितपोल, वडा नं ९ नंखेल, ८ सिपाडोल, ६ सूर्यविनायक र ५ कटुञ्जेमा पुगेको टुंगिएको थियो ।
भ्रमणमा सम्वन्धित वडाका वडा अध्यक्षहरुले वडामा भएका विकास निर्माणका प्रगतिहरुबारे पत्रकारहरुलाई जानकरी गराएका थिए । टोलीमा नगरपालिकाका प्राविधिक कर्मचारीहरु पनि सहभागी थिए । भ्रमणमा पाँंच दजर्न पत्रकारहरु सहभागी थिए ।
विहान ७ बजे राष्टिय सञ्चार केन्द्र नेपाल गठाघर भक्तपुरको कार्यालयमा भेट गरी सूर्यविनायक नगरपालिका वडा नं ३ बाट सुरु भएको भ्रमण दिउँंसो २ बजे सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेमा पुगेर टुंगिएको थियो । यसअघि पनि सोही केन्द्रकै आयोजनामा नगरपालिकाकै सहकार्यमा यस्तै प्रकारको भ्रमण गराइएको थियो । वडावडामा भएका विकास निर्माणका गतिविधिहरु मिडियामार्फत् जनताका घरदैलोसम्म जानकारी पुगून भनेर भ्रमण कार्यक्रम गरेको बताइएको छ ।