बाेदेमा गरीब परिवारलाई बिद्युतिय चुल्हो वितरण
असार ३२, २०८१, सोमबार | दिउँसो १२:५५ बजे | 60
मध्यपुर थिमि नगरपालिका ८ नं. वडा बाेदे क्षेत्रका गरीब, विपन्न, दलित र आर्थिक अवस्था कमजाेर भएका घर परिवारलाई बिद्युतिय चुल्हो (ईण्डक्सन चुल्हाे) वितरण गरिकाएका छन । मध्यपुर थिमि नगरपालिकाबाट प्राप्त चुल्हाे वडामा प्राप्त निवेदनमा वडा समितिले छानबिन गरी वडा समितिले सर्वसहमत निर्णय गरेर सिफारिस भएकाे आधारमा आज एक समारोहका विच वितरण गरिएको थियाे । वडा क्षेत्रका २९ जना आर्थिक अवस्था कमजाेर विपन्न तथा दलित परिवारलाई वितरण गरिएकाे थियाे । वडा भित्रका सामुदायिक बिद्यालय, शहरी स्वास्थ्य केन्द्र र वडा कार्यालयलाई यस अघि नै न.पा. वितरण गरि सकेका छन । हाल प्राप्त २९ वटा चुल्हाे वडा क्षेत्रमा वितरण गर्न नपुग भए पनि प्राथमिकता र आवश्यकताकाे मापदण्ड अनुसार वितरण गरिएको र थप प्राप्त भए पछि क्रमशः वितरण गरिदै जाने र प्राप्त चुल्होकाे सदुपयोग गर्न वडा अध्यक्ष रमेश थापा श्रेष्ठले अनुराेध गर्नु भयाे । बिद्युतिय चुल्होकाे प्रयाेगले गरीव परिवारले महँगाे ग्याँस खरिद गर्दा पर्ने आर्थिक भारबाट थाेरै भए पनि राहत पाउने विश्वास नगरपालिकाले लिएका छन । ग्याँस भन्दा सस्ताेमा खाना पकाउन सकिने भएकाले चुल्हो प्राप्त गर्ने गरीव परिवारहरुले खुशी ब्यक्त गरेका छन ।
फाेटाेमा हेर्नुहाेस्...