भक्तपुरको विकासमा नेमकिपा बाधक ः वस्नेत


असार ३१, २०८१, आइतबार | विहान ०८:४१ बजे | 80


भक्तपुरको विकासमा नेमकिपा बाधक ः वस्नेत

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश वस्नेतले भक्तपुरको विकासमा स्थानीय रुपमा पहिलादेखि नै जड गाड्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाधक भएको आरोप लगाएका छन् । नेपाल प्रेस सोसाइटीले देशको वर्तमान समसामयिक राजनीतिक विषयमा गरेका साक्षात्कारमा नेता वस्नेतले नेमकिपाबाट विजयी संघीय सांसद्ले जिल्लामा बजेट ल्याउने पहल नगर्दा बाधक बनेको तर्क राखे । 
उहाँहरु सांसदको काम विकास निर्माण होइन भनेर भन्नुहुन्छ, उनले भने, सांसद भनेको कानुन बनाउने काममा मात्रै लाग्ने भनेर लाग्नुहुन्छ । उनले पार्टीबाट विजयी एकदुई जना सांसद्ले कानुन बनाउनमा पनि कुनै भूमिका नहुने बताए । एकदुईजना जो विजयी भयो, संसदमा कराउने मात्रै हो, उनले भने, कराएर केही पनि हुँंदैन । 
भक्तपुरकै राजनीतिका विषयमा लामो चर्चा गरेका उनले ख्वप कलेज अवैधानिक भएको दोहरयाए । कलेजलाई बैधानिकता दिनुपर्ने र नदिए भोलिका दिनमा कुरा हुँदा भक्तपुर आधारका नेताहरु भएकोले आफूहरुमा पनि त्यो प्रश्न तेर्सिने उनले बताए । 
लामो समय उनले विशेष गरेर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (वालेन) को आलोचना गरेका थिए । साथै गृहमन्त्री एवं राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे पनि उनले चर्को आलोचना गरेका थिए ।   
साक्षात्कारमा सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले मिडिया क्षेत्रको साझा मञ्च बनाई अगाडि लैजाने उद्देश्यकासाथ सोसाइटी सञ्चालनमा ल्याइएको बताए ।

Comments