नयाँं सरकार धारा ७७को उपधारा ३ बमोजिम


असार २९, २०८१, शुक्रबार | दिउँसो ०१:५५ बजे | 75


नयाँं सरकार धारा ७७को उपधारा ३ बमोजिम

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै सङ्घीय संसद सचिवालयबाट पत्र प्राप्त भएको जनाएकी छन् । 

विज्ञप्तिमा नेपालको संविधानको धारा ७७को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दाहाल नेतृत्वको मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको जनाइएको छ ।

Comments