अविरल वर्षा ः कता केके भयो भक्तपुरमा ?
असार २३, २०८१, शनिबार | विहान ०३:५२ बजे | 70
अविरलको वर्षाका कारण हनुमन्ते खोलामा डुवानको जोखिम बढेको छ । खोला छेउको मठमन्दिर, सत्तल, पाटी पौवाहरु डुब्न थालेका छन् । वर्षौदेखि थुप्रिएको पांगो माटोको कारण खोलाको सतह भरिएकाले पनि पानीको सतहमाथि उठेको छ भने पहाडी क्षेत्रमा जठाभावी डोजर चलाएका तथा प्लटिङका कारण बगेको पानी बढी धमिलो देखिएको छ । यसरी वर्षाको बेला बगाएको बालुवा, माटो जम्मा भएर नै खोलाको सतह माथि उठ्ने गरेको तथा खोला साँघुरो हुने गर्दा असारको भेलसमेत थाम्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । त्योसँगै खोलाको ठाउँ ठाउँमा बनाएका पुलको जगको सतह माथि उठ्ने गरेकाले पनि पानीको बहाव कम हुँदा पानीले बगाएका माटो, बालुवाहरु खोलामै थुप्रिने गरेको छ । यसले खोला छेउको अस्पताल, विद्यालय भवनहरु एवं वस्तीहरु समेत डुवानको जोखिममा पारेको छ ।
यसका साथै सधैजसो जस्तै सिद्धिस्मृति, हनुमानघाट, बाराही, डा इवामुरी अस्पतालहरु डुवानमा परेको बताइएको छ ।