यसो गर्नुपर्ला नानीबाबुहरुलाई मोबाइलको लतबाट छुटाउन


असार १८, २०८१, सोमबार | दिउँसो ०२:०८ बजे | 65


यसो गर्नुपर्ला नानीबाबुहरुलाई मोबाइलको लतबाट छुटाउन

भक्तपुर । बालबालिकाहरुमा वढेको मोवाइल लतप्रति एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । बालबालिकाको मोवाइल लतलाई थोरै मात्रै भए पनि छुटकारा दिने उपायहरुकाबारेमा उनीहरुले छलफल गरेका छन् । 
भक्तपुरको एभरेस्ट स्कुलले थिम सेलिब्रसेन मि एण्ड माइ फ्यामली       (विषयवस्तुको छनौट, म र मेरो परिवार) विषयमा सोमबार स्कुल तथा अभिभाबक परिवारबीच गरेको छलफलमा सहभागीहरुले तत्काललाई लत हटाउन नसके पनि कसरी घटाउन सकिन्छ भन्ने विषयमा विचार विमर्स गरेका थिए । 
कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुल र अभिभावक परिवारको संयुक्त प्रयासबाट मात्रै यो कुरा सम्भब हुनसक्ने बताए । त्यसकारण स्कुलले स्कुल अभिभाब साझेदारी कार्यक्रम गर्दे आएको उनले सम्झे । यो क्रममा आआफनो नानीबाबुहरुलाई राम्रो आचरणका लागि स्कुल र अभिभावकले खेल्नुपर्ने भूमिकाहरुबारे निरन्तर छलफल कार्यक्रम चलाउँंदै आएको उनले बताए । समझदारीको दायलाई बढाउँदै स्कुलले स्कुल, अभिभाबक अनि समुदायको अवधारणा अगाडि सारेको उनले सुनाए । 
कार्यक्रममा स्कुलका भाइस प्रिन्सिपल संगीता किवाछें बनेपालीले बालबालिकाहरुलाई मोबाइल लतलाई न्युनीकरणका उपायहरुबारे प्रस्तुति गरेकी थिइन् । त्यसका लागि उनले विभिन्न दसवटा उपायहरुबारे अभिभावकहरुसँंग साटे । नानीबाबुले घरमा पढ्दा अभिभावकले पनि पढिदिने, नानीबाबुहरुलाई चित्रकलामा अभ्यस्त बनाउने, घर सरसफाईमा सघाउन लगाउने, म्युजिक डान्समा लगाउने, कथा वाचन गरिदिने, कौसी वा करेसावारीमा विरुवा वा फूल लगाउनेलगायतमा अभ्यस्त गराउने, घरेलु खेलहरु जस्तै लुडो, क्यारेम वोर्डलगायतका खेलमा संलग्न गराउने, घुमघाममा लाने, खेर गएका बस्तुहरुबाट विभिन्न सामानहरु बनाउन सिकाउने, नातागोता आफन्तसँंग भेटघाटमा लानेलगायतका उपायहरुबारे जानकारी दिइन् । 
कार्यक्रममा स्कुलमा नानीबाबुहरुका लागि गराउँंदै आएको क्रियाकलापहरुबारे जानकारी पनि गराइएको थियो । कार्यक्रमपछि अभिभावकहरुलाई बालबालिकाको कक्षाकोठाहरुको अवलोकन भ्रमण पनि गराइएको थियो । कार्यक्रममा स्कुलका ससाना नानीहरुका अभिभावकहरु संलग्न रहेका थिए ।    

फाेटाेमा हेर्नुहाेस्...

यसो गर्नुपर्ला नानीबाबुहरुलाई मोबाइलको लतबाट छुटाउन

Comments