ताइवानिज स्वयंसेवक शिक्षक शिक्षिकाहरूको विदाई


असार १५, २०८१, शुक्रबार | विहान ०१:१४ बजे | 25


ताइवानिज स्वयंसेवक शिक्षक शिक्षिकाहरूको विदाई

मध्यपुर ठिमी भक्तपुर शिक्षा संस्कृति र सभ्यतामा जोड दिँदै आएको विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुल, मध्यपुर ठिमी भक्तपुरले यही असार १३ गते बिहीबारका दिन ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको विदाई कार्यक्रमको आयोजना गर्यो। विशेष गरेर भाषिक आदानप्रदान र सांस्कृतिक आदानप्रदानका लागि विगत दुई हप्तादेखि कक्षा लिइरहेका ताइवानी स्वयंसेवकहरुले भाषा सिकाउनुका साथसाथै विभिन्न अतिरिक्त क्रियाकलापसँग सम्बन्धित कुराहरू विद्यार्थीहरूलाई सिकाएका थिए। विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले नेसनल ताइवान युनिभर्सिटी तथा स्वयंसेवक शिक्षक शिक्षिकाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। सो अवसरमा ताइवानी विद्यार्थीहरूले आफ्नो देशको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विनायकका विद्यार्थीहरूले पनि सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए।

Comments