भक्तपुरकी प्रनिशाले ल्याइन् ४ जीपीए
असार १४, २०८१, बिहीबार | दिउँसो १२:५२ बजे | 5
भक्तपुर । भक्तपुरको कटुन्जेमा रहेको मनोरम इंग्लिस बोर्डिङ स्कूलकी एकजना छात्राले पनि ४ जीपीए ल्याउन सफल भएकी छन् । एसईई २०८० मा विद्यालयका प्रनिशा बखुन्छेंले ४ जीपीए ल्याउन सफल भएकी हुन् । विद्यालयका प्रिन्सिपल महेश गुमान्जुले मेहिनेती र लगनशील प्रनिशाले परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको जानकारी दिंदै खुशी व्यक्त गरे ।