राष्ट्रिय वन दिवस वृक्षरोपण गरी मनाइयो
असार १४, २०८१, बिहीबार | विहान ०९:३१ बजे | 75
बाबुकाजी श्रेष्ठ
मध्यपुर थिमि, असार १३ – राष्ट्रिय वन दिवसको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले मध्यपुर थिमि, शंखधरचोकस्थित वनदेवी वृक्षारोपण गरी मनाइयो ।
नगर कमिटीका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका नगरउप प्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का केन्दीय सदस्य दिलिप कुमार प्रजापतिको प्रमुख आथित्यतामा १०० वटा फूलको बृक्षको बोट रोपेका थिए ।
“रुख रोपौं वन जोगाऔं” भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी बालकुमारी विष्णुवीर सामुदायिक वन ब्लक नं. क क्षेत्रमा वन संरक्षरण र सम्वद्र्धन गर्न नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले वृक्षारोपण कार्यक्रम गरेका बालकुमारी विष्णुवीर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठ जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा नगर कमिटीका पदाधिकारी, सदस्यहरु, भक्तपुर जिल्लाका सदस्यहरु, जनवर्गिक संगठनका सदस्यहरु सहभागी रहेको कार्यक्रममा बाह्रै महिना फूल्ने पूmलको विरुवा रोपेको यसले वनलाई अझ आकर्षक र मनोमहक बनाउने उपप्रमुख विजयकृष्ण श्रेष्ठको धारणा रहेको राख्दै वन व्यवस्थापन र संरक्षणको लागि पनि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...