आहिलेसम्म खान लगाउन पुगेकै छ


2024-06-27 01:21:17

News Image

 १) हजुरको शुभनाम ? 
 मेरो नाम जुन अधिकारी हो । 
२) हजुर कति वर्ष हुनुभयो ? 
  म ३० वर्षकी भए । 
३) हजुरको घरमा कति जना हुनुहुन्छ ? 
  घरमा श्रीमान, छोराछोरी र म गरी जम्मा पाँच जना छौ । 
४) हजुरको श्रीमान के गर्नुहुन्छ नि ? 
यही पसलमै हो । दुई जना भएर चलाउने गर्छाै । 
५) हजुरले दिनमा कति कमाउनु हुन्छ ? 
   दिनमा तीन चार हजार हेरीहेरी हुन्छ । 
६) हजुरले यो पसल राख्नु भएको कति भयो ? 
 मैले यो पसल राखेको तीनचार वर्ष हुन लाग्यो ।
७) हजुरको घरमा कमाउने कति जना हुनुहुन्छ ? 
श्रीमान र म गरी दुई जना छौ ।
८) हजुरको पहिलेको घर कहाँ हो नि ? 
मेरो पहिलेको घर गोलबजार हो ।
९) हजुरलाई यही पसलले आहिलेसम्म खान लगाउन पुगेको छ त ? 
खान, लगाउन, बच्चा पढाउन र घरभाडा तिर्न पुगेकै छ । 
प्रस्तुति – यनुशा खड्का, रेसिका खड्का

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *