संगीतज्ञ निल शाक्यलाई एक लाख नगदसहित संगीत साधन सम्मान ११४६


साउन ५, २०८३, मङ्गलबार | राति ०७:४३ बजे | 60


संगीतज्ञ निल शाक्यलाई एक लाख नगदसहित संगीत साधन सम्मान ११४६

प्रतिभा सेवा समाजले एक सांगीतिक कार्यक्रम “एन इभिनिङ विट लेजेन्डरी म्यूजिसियन निल शाक्य” आयोजना गर्दै बहुप्रतिभाशाली कलाकार निल शाक्यलाई एक लाख नगदसहित संगीत साधक सम्मान ११४६ प्रदान गरेको छ । अपटाउन झम्सिखेलमा आयोजित सो समारोहमा प्रतिभा सेवा समाजका अध्यक्ष सुरेन्द्र तुलाधरले फूलमाला, उपाध्यक्ष गोपालकृष्ण महर्जनले ढाका टोली, सचिव रुमन जोशीले खादा, कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका १९ वडाका अध्यक्ष राजेश श्रेष्ठले सम्मान पत्र तथा १ लाखको चेक बोर्ड कोषाध्यक्ष सुधा शाक्यले १ लाखको चेक प्रदान गरेका थिए भने विशिष्ट अतिथि ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले दोसल्ला तथा बिशिष्ट अतिथिहरु ललितपुर महानगरपालिका ११ वडा अध्यक्ष अरोज कुमार खड्गी र काठमाडौं महानगरपालिका २० वडाका अध्यक्ष राजेन्द्र मानन्धरले खादा लगाइ सम्मान गनुभएको हो । सम्मान ग्रहण पश्चातन संगीतकार निल शाक्यले खुशी ब्यक्त गर्दै नेपालभाषा संगीत क्षेत्रमा अझ समर्पित भएर काम गर्न यो सम्मानले उत्प्रेरित गरेको उल्लेख गर्नुभयो । ए.एम. क्रियाशन नेपालले तयार पारेको संगीतकार शाक्यको बायोग्राफी प्रस्तुतिसँगै अघि बढेको कार्यक्रममा संगीतकार शाक्यबाट श्रृजित १३ वटा गीतहरु उनका साथै लोकप्रिय गायक गायिक सतिष महर्जन, देविका वन्दना, सरीता शाही, कविता जोशी, लसता जोशी, रोजी डंगोल श्रेष्ठ, एञ्जिला सिँह श्रेष्ठ, मोहन शाक्य, राजेश महर्जन, सुरेन्द्र तुलाधर, रोविनशन कंसाकार, शुद्धलक्ष्मी श्रेष्ठले सुनाउनु भएको थिए । ३५ बर्ष अघि नेपालको सर्वाधिक लोकप्रिय गीतहरु मध्ये एक सपनाश्रीको आवाज र इन्द्र ब्यञ्जनकारको संगीत रहेको “स्वय्गु मन जुल रे”का रचनाकारका रुपमा संगीत क्षेत्रमा प्रवेश गर्नुभएको संगीतकार निल शाक्य गायकका रुपमा परिचय दिएको गीत “गल्ली दुने चिधंगु गल्ली” संगीतकारका रुपमा परिचित गराएको गीत गायक पवित्र कसाःको स्वरमा सजिएको “तिकिझ्याः प्वालं जः ज्वयाः” हो भने उहाँको एकल संगति स स्वरमा सार्वजनिक भएको पहिलो गीति संग्रह “जिलिसे छझाः” हो । नेपाली भाषामा “तिम्रो हेराई” र “ओझेल” गीतिसंग्रह उहाँको एकल रचनामा सार्वजनिक संग्रह हो भने उहाँले “मिस्टर फन्टुस” नेपाली टेलिफिल्म तथा आदिवासी जनजाति मातृभाषा विधामा राष्ट्रिय चलचित्र पुरस्कार २०८२ जित्न सफल चलचित्र “ईन्दिरा धिमेमैंचा” मा पनि संगीत दिनु भएको छ । सुर्यनाथ शर्माको निर्देशनमा प्रज्ञा भवनमा प्रदर्शन गरिएको “लकसं पिब्वःगु” नाटकबाट अभिनय क्षेत्रमा पाइला टेक्नु भएको उहाँको “ससःया पसः” ख्यालः पनि लोकप्रिय प्रस्तुति हो । करिब ११०० श्रृंखला प्रशारण भएको “ख्वताबजि”, ऐतिहासिक नाटक विरह राग, कपिलवस्तु भगवान, चलचित्रहरु पानवती, पताचारा, लय्, धौबजि, हिसिमदुमा अभिनय गरिसक्नुभएका कला गुणले सजिएका शाक्यको रचना “स्वय्गु मन जुल रे” गीतका लागि न्यू ट्यालेन्ट बेस्ट लिरिक्स, २५ बर्ष सांगीतिक षेत्रमा योगदान पु¥याएबापत लाय्कू राजभाई सिरपाः (पुरस्कार), नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड लगायत पुरस्कार तथा अन्य विभिन्न सम्मानबाट विभूषित भइसक्नु भएको छ । उहाँ संगीत विधाको विकासमा समर्पित ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिका सक्रिय सदस्य पनि हुनुहुन्छ ।

Comments