भक्तपुरमा असारमा १४८ मुद्दा दर्ता, लागूऔषध र बैंकिङ कसुरका घटना उच्च


साउन ५, २०८३, मङ्गलबार | राति ०७:१८ बजे | 75


भक्तपुरमा असारमा १४८ मुद्दा दर्ता, लागूऔषध र बैंकिङ कसुरका घटना उच्च

भक्तपुर, साउन ४ – जिल्ला प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०८३/८४ को असार महिनामा १४८ वटा मुद्दा दर्ता भएका छन्। सो अवधिमा ७६ जना प्रतिवादी पक्राउ परेका छन् भने ८४ जना फरार रहेका छन्। प्रहरीका अनुसार असार महिनामा दर्ता भएका जघन्य तथा गम्भीर अपराधमध्ये लागूऔषधका १२, कर्तव्य ज्यानका २, जबरजस्ती करणीका ५, जबरजस्ती करणी उद्योगका २, ज्यान मार्ने उद्योग, बाल यौन दुरुपयोग र डाँकाका १/१ गरी कुल २४ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ६६ र ठगीका १४ गरी ८० वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा अदालतबाट फैसला कार्यान्वयनका क्रममा ७७ जना पक्राउ परेका छन् र करिब १ करोड ४८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १२ वटा मुद्दामा २० जना पक्राउ परेका छन्। प्रहरीले ८ हजार ७५७ क्याप्सुल ट्रामाडोल, २.५४ ग्राम खैरो हेरोइन, ४७२.९७ ग्राम पोल्याण्ड र ६९० ग्राम गाँजा बरामद गरेको जनाएको छ। असार महिनामा आत्महत्यासम्बन्धी ८ घटना दर्ता भएका छन्। विष सेवनबाट २ र झुण्डिएर ६ जनाको मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १० वटा अपराध दर्ता भएका छन्, जसमा जबरजस्ती करणी ५, बाल यौन दुरुपयोग १, कर्तव्य ज्यान २ र बहुविवाह २ वटा रहेका छन्। त्यस्तै २९ जना हराएको उजुरीमध्ये २८ जना फेला परिसकेका छन्। घरेलु हिंसाका ७ वटा उजुरी परेका थिए, जसमा सबै मिलापत्रबाट टुंग्याइएको प्रहरीले जनाएको छ। यातायाततर्फ असारमा ४७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा २८ जना घाइते भएका छन् भने मृत्यु भएको छैन। तीव्र गति, चालकको लापरवाही र सडकमा ध्यान नदिनु दुर्घटनाका मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ। ट्राफिक कारबाहीबाट ४ हजार ४१२ वटा कारबाही गरी २२ लाख ५९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत असार महिनामा १९० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। ४६ विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदा ३ हजार ५८४ विद्यार्थी सहभागी भएका थिए। साथै चार स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ। Unlock better answers from images in your files

Comments