प्र.म. बालेन्द्र शाहलाई खुला -पत्र ...
साउन ५, २०८३, मङ्गलबार | राति ०७:२७ बजे | 80
प्रिय बालेन, तिमी प्रमुख सरक्षक रहेको तीन प्राज्ञिकघर ( प्रज्ञा प्रतिसठान ) मा अहिले प्राज्ञ बन्ने र बनाउनेहरु बीच तगडा सौदेबाजी चली रहेको छ । अझ कतिले त सिफारिस समितीनै नबन्दै नियुक्ती थापी सके । बधाइ र सुभकामनाले फेसबुक लगायात सामाजिक सन्जालका भित्ताहरु पोतिएका छन । त्यही भित्ताको एउटा कुनामा एक जना पुर्ब माननीय प्राज्ञले आफु प्रकृया भन्दा बाहिर रहेको सार्वजनिक अभिब्य्क्ती दिदा समेत बधाइको ओहिरो कृष्णभीरको पहिरो जस्तै निरन्तर छ । ... प्रिय प्र्ख्यात र्यापर बालेन" तिमी मेयर र प्रधानमन्त्री हुनु भन्दा झनै चौध बर्ष अघि तिमी हाल प्रमुख सरक्षक रहेको सङीत -नाटय एकेडमीमा प्रचलित कानुनमा उल्लेखित प्र.म को अधिकार हनन भयो भन्दै मैले क्र्मश:2065/2075/2079 मा सम्मानित अदालतमा रीट दर्ता गरे। 2066 मा सर्वोच्चअदालतको सयुक्त इजलासले तिमी अर्थार्थ प्रधानमन्त्रीको अधिकार र दायित्व बारे स्पष्ट रुपमा बोलेको छ । यो कुरा तिम्रो निकटतम कानुनी सल्लाहकार महान्याय्धिबक्तालाई बोलाइ सोध्नु तिम्रो निम्ति हीतकर हुने छ प्रिय -बालेन " मुद्दाको क्रममा यावत दुख भोगेर मैले तिम्रो अधिकार त स्थापित गराए । तर तातकालिन सरकारहरुका दलिय भेटरानहरु अनि रङमन्चका मेरा आफनै अग्रज /समकालिन ,भाइ पुस्ता माझमा समेत मेरो परिचय निहु खोजुवा /सन्की / मूर्ख बन्यो । जस्ले गर्दा थुप्रैधारे हातहरुको सामना मैले अहिले पनि गर्नु परिरहेको छ ।तर जुन उचाइमा तिमी अहिले बसेका छौ, त्यहा बाट मैले लेखेको कुरा देखिन्न । यद्द्पी तिमी सङ हुने थुप्रै खाले सल्लाहकार मधय कुनै एक ले यो कुरा तिमी सम्म पुर्यायो भने कुन्नी ..! लु भैगो म गए भाडमा त्यसले मुलुकलाई केही फरक पर्दैन । तर तिमी त बर्तमान समयको सबभन्दा होनहार , पढे -लेखेको अझ महङो इन्जिनियर, तिमी यो पाली तिम्रा -आसे पासेको लै -लै मा प्राज्ञनियुक्ती सम्बन्धी कुनै कागजमा सही नधस्कयाउनु । प्राज्ञ पडक्याउन लामबध्ह अनुहारको योग्यता जाँच तिम्रो योग्य सल्लाहकार बाट गराउनु है नत्र तिम्रो नाम लाई तिम्रै बिस्वासिलाहरुले बदनाम गरौउलान । अन्तिममा एउटा कुरा प्रष्ट सङ भनम ? म थाके.."आफ्नो रक्षा आफै गर्नु । नत्र अरुको लागि आफै सेरिने मुलुक हो यो ....जयरङमन्च"
