फलफुल तथा खाद्यान्न सामाग्रीहरु सहयोग


साउन ४, २०८३, सोमबार | राति १०:३३ बजे | 150


फलफुल तथा खाद्यान्न सामाग्रीहरु सहयोग

मध्यपुर थिमि । विशेषतः शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकाको क्षेत्रमा कार्य गर्ने उद्देश्यले सञ्चालित ईनर व्हिल क्लव अफ मध्यपुरले भक्तपुरको सानोठिमीस्थित ॐ बृद्धाश्रममा फलफुल तथा खाद्यान्न सामाग्रीहरु सहयोग गरेको छ । क्लवका नवनिर्वाचित अध्यक्ष दिपा प्रजापतिको जन्मदिनको उपलक्ष्यमा आयोजित उक्त अवसरमा क्लवका पदाधिकारी तथा अध्यक्ष प्रजापतिका परिवारको उपस्थितिमा बृद्धाश्रमका १७ जना बृद्धाहरुलाई आवश्यक आटा, चाउचाउ, पाउरोटी, अण्डा, विस्कुट, साबुन, टुथब्रस, टुथपेसलगायतका खाद्यान्न तथा फलफूलहरु सहयोग गरेको जनाएको छ ।

Comments