चटपट बेचेरै ६ जनाको परिवार पाल्दै
असार १२, २०८१, मङ्गलबार | विहान ०३:४९ बजे | 620
१) हजुरको शुभनाम के होला ?
मेरो नाम ममतादेवी शाह हो ।
२) तपाईं कति वर्षको हुनुभयो ?
म ३० वर्षको भए ।
३) हजुरले पसल राख्नु भएको कति भयो त ?
मैले पसल राखेको ४–५ महिनामा हुन लाग्यो ।
४) दिनमा कति कमाउनु हुन्छ ?
दिनमा १०००्र, १२०० जाति हुन्छ ।
५) घरमा कति जना हुनुहुन्छ ?
छोरा, छोरी, श्रीमान र म गरी ६ जना छौ ।
६) हजुरको घरमा कमाउने कतिजना हुनुहुन्छ नि ?
श्रीमान र मागरी दुई जना छौ ।
७) हजुरको श्रीमान के गर्नुहुन्छ ?
श्रीमानको पानीपुरी पसल छ ।
८) तपाईंको पेशा के हो ?
मेरो चटपट पसल छ ।
९ ) हजुरको कमाइले घरखर्च चलिरहेको छ ?
आहिलेसम्म घरखर्च र छोराछोरी पढाउन पुगेको छ ।
१०) हजुर यो पेशामा लाग्नुभएको कति भयो ?
यो काम सिकेर गर्न थालेको करिब ७–८ वर्ष हुन लाग्यो ।
११) हजुरको पहिलेको घर कहाँ हो ?
पहिलेको घर त मेरो भारत हो ।
प्रस्तुति – यनुशा खड्का÷रेशिक खड्का