माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा डिल्लीमान
असार ११, २०८१, सोमबार | विहान ०९:११ बजे | 65
काठमाडौं : नेकपा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा डिल्लीमान तामाङ निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न ७ औं राष्ट्रिय महाधिवेसनले तामाङको अध्यक्षमा १५१ सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा सोमबले तामाङ, उपाध्यक्षहरुमा मनोज तामाङ, गोपिलाल सिङतान, बेतीबहादुर मुक्तान, हरिजंग तामाङ, अविरल जिम्बा, हिमाली गोले र प्रेमकुमार लामा निर्वाचित भएका छन्। यस्तै महासचिवमा लिलाकुमार घलान तामाङ, सचिवहरुमा मिलन तामाङ र रक्षबहादुर तामाङ(युनिक) र कोषाध्यक्षमा उषा तामाङ चयन भए। लामो समय निश्कृय रहेको माओवादीका जातिय मोर्चाहरु पछिल्लो समय पुनरजिवित हुन थालेका हुन्। मोर्चाको महाधिवेसनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।