अरूको नोकरी गर्नुभन्दा आफै केही गरौ भनेर यो पेशामा लागे
असार ११, २०८१, सोमबार | विहान ०३:४१ बजे | 25
१) हजुरको शुभनाम के होला ?
मेरो नाम रमिता खत्री हो ।
२) कति वर्षको हुनुभयो हजुर ?
म ३२ वर्षकी भए ।
३) हजुरको घरमा कोको हुनुहुन्छ नि ?
छोरा छोरी र म गरी तीन जना छौ ।
४) हजुरको श्रीमान कहाँ हुनुहुन्छ त ?
मेरो श्रीमान विदेश जानुभएको छ ।
५) हजुरको दिनमा कति कमाइ हुन्छ त यो पसलबाट ?
मेरो दिनमा ७००्र– ८००्र– हेरीहेरी हुन्छ ।
६) यही पेशाले खान, बस्न पुगेको छ त ?
मेरो आफ्नो कमाइले खाना बस्न र बच्चा पढाउन पुगेको छ भन्नुपर्ला ।
७ ) श्रीमानले पनि समयसमयमा रमक पठाइरहनु भएको छ होला नि ?
उहाँको खासै कमाई छैन । महिनामा केही रकम पठाउनु हुन्छ । त्यसै रकमले बच्चाको कापी, कलम र कोठा भाडा तिर्न ठिक्क हुन्छ ।
८) हजुरले किन यही पेश रोज्नुभयो ?
अरूको नोकरी गर्नुभन्दा आफै केही गरी आफ्नो घर चलाउ र छोराछोरीलाई पढाउन सहज होस् भनेर म यही पेशामा लागे ।
प्रस्तुति – यनुसा खड्का ÷ रेशीका खड्का