मध्यपुर थिमिव्यापी पुस्तक समिक्षामा जीनिशा गोर्खाली प्रथम


असार १०, २०८१, आइतबार | दिउँसो १२:४४ बजे | 20


मध्यपुर थिमिव्यापी पुस्तक समिक्षामा जीनिशा गोर्खाली प्रथम

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ को आयोजनामा भएको मध्यपुर थिमि नगरपालिकाव्यापी माध्यमिक विद्यालयस्तरीय पुस्तक समिक्षा प्रतियोगिताका विजयी विद्यार्थीहरु पुरस्कृत भएका छन् । नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाईले आइतबार उनीहरुलाई एक समारोहवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 
मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेको आयोजनामा भएको प्रतियोगितामा माउण्ट सिनाई इगलिश बोर्डिग स्कुल मध्यपुर थिमिका जीनिशा गोर्खाली प्रथम भइन् । प्रतियोगितामा हिमचुली एकेडेमी मध्यपुर थिमिका दिवस लामिछाने द्धितीय, आदर्श मावि लायकूका सन्दिप राई तृतीय र एसओएसका दृष्टान्त चौहान चौथौ तथा सान्त्वना हुन सफल भए । 
प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका क्षेत्रका २३ वटा स्कुलहरुका ४० जना विद्यार्थीहरुले सहभागिता जनाएको आयोजक मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले बताए । कार्यक्रममा प्रतियोगी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 
यसअघि नै भएको प्रतियोगिताका मूल्यांकन सम्पन्न गरी आइतबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । साहित्यकार हरिवहादुर श्रेष्ठद्धारा लिखित मार्गनिर्देशनबारे भाइवहिनीहरुलाई चिठी नामक पुस्तकको समिक्षा लेख्न लगाइएको थियो ।  
विद्यार्थीमा पठक संस्कृति तथा सिर्जनात्मक लेखन विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको कायृक्रम व्यवस्थापक प्रेम के निडरले बताए । प्रतियोगिताका निर्णायकहरुमा अनुराधा थापामगर, केके मानन्धर र कृष्ण किसी रहेका थिए । 
कार्यक्रममा वडा अध्यक्ष थापा श्रेष्ठले प्रमुख अतिथिलगायत विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद पत्र तथा मायाको चिनो वितरण गरेका थिए । कार्यक्रमका लागि सहयोग गर्ने एनटीभी भक्तपुरका प्रतिनिधि अंजिर विक, रेडियो जनसञ्चारका सुरेशप्रसाद सैंजू, मध्यपुर डायरीका विज्ञान श्रेष्ठ, लोकवोली डटकम अनलाइनका निशा कुश्मालगायतलाई धन्यवाद पत्र वितरण गरिएको थियो । कार्यक्रममा आयोजक वडाका वडा सदस्य सुरेन्द्र श्रेष्ठ, पुस्तकका प्रकाशक संस्थाका अध्यक्ष दिनेश खड्गी, निर्णायकहरुमध्येबाट केके मानन्धरलगायतले प्रतियोगिताका विविध विषयमा चर्चा गरेका थिए ।  

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमिव्यापी पुस्तक समिक्षामा जीनिशा गोर्खाली प्रथम
मध्यपुर थिमिव्यापी पुस्तक समिक्षामा जीनिशा गोर्खाली प्रथम
मध्यपुर थिमिव्यापी पुस्तक समिक्षामा जीनिशा गोर्खाली प्रथम

Comments