सतलोक आश्रम धनुषामा ६२७ औं कबीर प्रकट दिवस सम्पन्न


असार १०, २०८१, आइतबार | दिउँसो १२:०८ बजे | 135


सतलोक आश्रम धनुषामा ६२७ औं कबीर प्रकट दिवस सम्पन्न

कबीर साहेबको सशरिर प्राकट्यको सम्झनामा प्रत्येक बर्ष जेठ शुक्लपुर्णिमाको दिन मनाइने कबीर परमेश्वर प्रकट दिवस यस बर्ष पनि भव्यताका साथ मनाएर सम्पन्न भएको छ। कबीर साहेबको प्रकट दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा असार ६ देखि ८ गते सम्मका लागि सतलोक आश्रम धनुषामा आयोजित अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम ८ गते शनिबारका दिन परमात्माको भोग आरती गरी सम्पन्न भएको छ। वेदमा वर्णित सृष्टिकर्ता परमात्मा आमाको गर्भबाट जन्म नलिने र सतलोकबाट सशरीर धरतीमा रहेको कुनै सरोवरमा विकसित कमलको फूलमा शिशु रुपमा प्रकट भई सन्तको लिला गर्दै अन्त्यमा सशरीर आफ्नो सतलोक फर्किने प्रावधान अनुसार नै कबीर साहेबले कलियुगमा त्यो लिला गर्नुभएको र उहाँ नै पूर्ण परमात्मा सिद्ध भएको कुरा विभिन्न ग्रन्थहरुको प्रमाण देखाउँदै तथा प्रदर्शनी लगाएर अनुयायीहरुले बताएका छन् । आज भन्दा ६२७ बर्ष पहिले कबीर साहेबको प्राकट्य काशी सहरको लहरतारा तलाउमा विकसित कमलको फूलमा भएको थियो जुन कि वेदमा परमात्माको लक्षण भनेर बताइएको छ र सोही समयमा निरु र निमा नामक नि:सन्तान दम्पतीले त्यहाँबाट उहाँलाई आफ्नो घर लगेर उहाँको पालन पोषण गरेका थिए। सोही लीलाको सम्झनामा प्रत्येक बर्ष जेष्ठ महिनाको शुक्ल पुर्णिामाको दिन कबीर परमेश्वरको प्रकट दिवस मनाइन्छ र यस वर्ष पनि सो अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिएको थियो । उक्त तीन दिवसीय कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंह, प्रदेस सभाका सभामुख रामचन्द्र मण्डल, मधेसका प्रदेशका वन तथा प्रयटन मन्त्री त्रिभुवन शाह, स्वास्थ मन्त्री ,भौतिक पुर्वाधार मन्त्री , सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहाल लगायत विभिन्न राजनैतिक तथा प्रसासनिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। सयौंको संख्यामा सन्त रामपालजी महाराजका अनुयायीहरुले युनिट रक्तदान गर्नुका साथै जम्मा २२ नव जोडिहरुको दाइजोमुक्त अन्तर्जातीय सामुहिक विवाह (रमैणी) पनि सम्पन्न गराइएका थिए । तेस्रो दिन भने बिहान ९:३० बजे भोग आरती गरी प्रसाद भोग लगाएर सन्त रामपालजी महाराजको सत्संग श्रवण गरी सम्पन्न भएको थियो। कार्यक्रम सम्पन्न भए पश्चात् असार ९ गते सर्व श्रद्धालुहरु तथा सेवादारहरु आ-आफ्नो घर फर्किएका छन् । उक्त तीन दिवसीय कबीर परमेश्वर प्रकट दिवसमा ३ दिनमा करीब ६ लाख श्रद्धालुहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। सबै विकृतिहरुबाट मुक्त भएको स्वच्छ, सभ्य र सुखी समाज निर्माण गर्ने आफ्नो गुरुदेवको महत्त्वपूर्ण अभियानलाई सफल पार्न अनुयायीहरु सकृय भई लागिरहने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईरहने आयोजकले बताएका छन् ।

Comments