रोम्वस स्कुल कमलविनायकमा डा व्हीट स्कुल हेल्थ रुम सेवा सुरु


असार ९, २०८१, शनिबार | विहान ०६:३९ बजे | 30


रोम्वस स्कुल कमलविनायकमा डा व्हीट स्कुल हेल्थ रुम सेवा सुरु

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कुल भक्तपुरमा डा व्हीट स्कुल हेल्थ रुम सञ्चालनमा ल्याइएको छ । चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीका वडा अध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठले रुमको शनिबार एक भव्य कार्यक्रमवीच उदघाटन गरे । 
स्कुलका छात्रछात्रा, अभिभावक तथा स्थानीयबासीहरुको स्वास्थ्य सेवाका लागि रुम सञ्चालनमा ल्याइएको बताइएको छ । रुमबाट दैनिक प्राथमिक स्वास्थ्य उपचार तथा अन्य विशेष गरेर दाँंतको सेवा उपलव्ध हुने जनाइएको छ । 
स्कुलका बालबालिकाहरुमा दाँतको समस्या वढी देखिने र यही कारण स्कुलमा अनुपस्थिति वढी हुने कारणले गर्दा सामान्यका साथै विशेष दन्त सेवा दिने योजनाका साथ सेवा सुरु गरेको स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजूले बताए । अव हाम्रा दाँतका विरामी ससाना नानीबाबुहरुको दाँंतको उपचार स्कुलमै हुन्छ, उनले भने, यसकारण दाँंतका विरामी नानीबाबुहरुको स्कुलको अनुपस्थित हुने काम अव वन्द हुने विश्वास गरेका छौं । 
हेर्दा दाँंतको समस्या समान्य लाग्ने गरे पनि दाँंतका उपचारका लागि धेरै खर्च लाग्ने, समयसमयमा अस्पताल गइरहनुपर्नेलगायतका कारण स्कुलमै सेवा थालेको डा काजूले बताए । साथै दाँंतको समस्या सामान्य लागे पनि मानिसको हाँंसोसँंग सम्वन्धित हुने, दाँंत नमिलमो हास्नमै समस्या हुने, मुख गन्हाउनेलगायतले साथीभाइसँंगको सञ्चारमै समस्या आएर सम्वन्धमा नै तकराव आउने गरेको देखिएकोले दाँतको उपचारलाई प्राथमिकतामा राखेको डा कोजूले बताए ।  
डा व्हीट अमेरिकाका एकजना चिकित्कस हुन् । उनैको सहयोगमा त्यहाँं यो सवा उपलव्ध गरिएको हो । डा व्हीटले यसका लागि हस्पिटल बेड, मेडिकल सामानहरु, प्राथमिक उपचार औषधिहरु, औषधि राख्ने फर्निचरहरु सहयोग गरेका थिए । यसअघि डा व्हीट नेपालमा आइ स्कुलमा एकदिने प्राथमिक उपचार तालिम दिएर गएको कार्यक्रममा जनाइयो । 
यो सेवाका लागि काठमाडौंस्थित ओमकार डेण्टल अस्पतालले पनि सहयोग गरेको छ । उसले डेण्टल वेडलगायतको सहयोग गरेको जनाइएको थियो । उदघाटनको दिन उपचारका लागि अस्पतालका डा रोबोट रञ्जनको नेतृत्वमा ११ जनाको टोली उपचारका लागि स्कुल पुगेको थियो । पहिलो दिन १५ जना विद्यार्थीहरुले सेवा पाएको कार्यक्रममा जनाइयो । 
सेवाका लागि प्रत्येक दिन एकजना नर्स र एकजना डेण्टल डाक्टर रहने स्कुलले जनायो । साथै सेवा दैनिक विहान १० बजेदेखि १२ बजेसम्म दिनको दुई घण्टा हुने जनाइयो । सेवाका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको कार्यक्रममा जनाइयो । 
एक नर्स एक स्कुलको सरकारी योजना अनुसार बहृत स्वास्थ्य सेवा उपलव्ध गराउन रुमको व्यवस्था गरेको स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजूले जनाए । पहिलो सामान्य प्राथमिक सेवा मात्रै दिने योजना थियो, उनले भने, तर पछि दाँंतको पनि सेवा दिने मनसाय राखेर प्राथमिकका साथसाथै दन्त सेवा दिने पनि निर्णय भएर सेवा थप गरेका हौं । 
उदघाटन कार्यक्रम प्रिन्सिपल डा कोजूको सभापतित्वमा भएको थियो । कार्यक्रममा विशेष अतिथि डा डा रोबोट रञ्जन, अभिभावक विशाल लामा, अर्का अभिभावक सरस्वती बोगटी, स्थानीय लान्चा फल्चा एकता समाजका अध्यक्ष रामकृष्ण छुस्याबाग, प्रहरी बृत जगाती भक्तपुरबाट महिला सईलगायतका अतिथि रहेका थिए । साथै कार्यक्रममा शिक्षक लीला विकले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन कमल नेपालीले गरेका थिए । साथै स्कुल क्याप्टेन जेशिमा श्रेष्ठले पनि बोलेकी थिइन् ।

Comments