नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि चयन
असार ९, २०८१, शनिबार | विहान ०५:१५ बजे | 70
नेकपा (एकीकृत समाजवादी) भक्तपुरले सो पार्टीको आसन्न दशौं महाधिवेशनको लागि भक्तपुरबाट प्रतिनिधि चयन गरेको छ । भक्तपुर क्षेत्र नं १ बाट एसका जिल्ला सचिव पुरुषोत्तम लामिछाने र भक्तपुर क्षेत्र नं २ बाट जिल्ला अध्यक्ष श्याम वस्नेत सर्वसम्मत चयन गरेको थियो भने मध्यपुर थिमिका अध्यक्ष नबिनप्रकाश श्रेष्ठ निर्वाचित भएका थिए । निर्वाचित श्रेष्ठले ५९ मत प्राप्त गरि विजयी भएका हुन । उहाँका निकततम उम्मेदवारले ११ मत प्राप्त गरेका थिए । नेकपा एसले महाधिवेशनका लागि केन्द्रिय सदस्य सबै र जातिय वर्गिय संगठनबाट प्रतिनिधिमुलक प्रतिनिधि हुने व्यवस्था गरेको छ ।