रहेनन् जगाती छोयला पसलका सञ्चालक मानन्धर


असार ९, २०८१, शनिबार | विहान ०१:४९ बजे | 95


रहेनन् जगाती छोयला पसलका सञ्चालक मानन्धर

भक्तपुर । भक्तपुरको जगातीस्थित चर्चित छोयला (मासुको परिकार) पसलका सञ्चालक प्रोपाइटर पूर्णबहादुर मानन्धरको निधन भएको छ । हाल भक्तपुरको सूर्यविनायक निवासी मानन्धरको स्वर्गबास भएको हो । 
उनका चार छोरा र दुई छोरीहरु छन् । उनी सूर्यविनायकस्थित लुथॉंबु टोल सुधार समितिका सल्लाहाकार सदस्य शिव प्रसाद मानन्धरका पूजनीय पिता हुन् । मानन्धर भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । साथै स्वर्गीय मानन्धर रोट्याक्ट क्लव भक्तपुरका संस्थापक उपाध्यक्ष रमेश मानन्धरका पिता पनि हुन् । 
उनले सुरुमा भक्तपुरको जगाती वस स्टपमा चलाएको छोयला पसल देश विदेशमा चर्चित थियो । त्यहाँं दैनिक काठमाडौंबाट पनि छोयला खान आउनेहरुको भीड लाग्थ्यो । पछि उनले त्यहाँं पसल अन्तै सारेका थिए । 
स्वर्गीय मानन्धर समाजसेवी पनि हुन् । उनको निधनप्रति एवीसीडी खवर मिडिया पनि दुःख व्यक्त गर्दछ । 

Comments