सतलोक आश्रम धनुषामा कबीर परमेश्वरको ६२७ औं प्रकट दिवसको तीन दिवसीय कार्यक्रम प्रारम्भ
असार ७, २०८१, बिहीबार |
साँझ ०४:०६ बजे
|
55
Share0
कबीर साहेबको सशरीर प्राकट्यको सम्झनालाई लिएर प्रत्येक बर्ष मनाइने कबीर परमेश्वर प्रकट दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ। कबीर परमेश्वर प्रकट दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा असार ६ देखी ८ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम असार ६ गते बिहिबार पाठ प्रकाश गरी प्रारम्भ भएको छ। कबीर परमेश्वर प्रकट दिवस भारतको ९ वटा सतलोक आश्रम र नेपालको सतलोक आश्रम धनुषाका साथै विश्वका विभिन्न देशहरूमा मनाइरहेको कुरा सतलोक आश्रम धनुषाले जनाएको छ।
आज भन्दा ६२७ बर्ष पहिले कबिर साहेबको प्राकट्य काशी सहरको लहरतारा तलाउमा विकसित कमलको फूलमा भएको थियो। सोही समयमा निरु र निमा नामक नि:सन्तान दम्पतीले त्यहाँबाट उहाँलाई आफ्नो घर लगेर उहाँको पालन पोषण गरेका थिए सोही कुराको सम्झनामा प्रत्येक बर्ष जेष्ठ महिनाको शुक्ल पुर्णिामाको दिन उहाँको प्रकट दिवस मनाइएको र तीन दिवसीय कार्यक्रम आयोजना गरिएको सतलोक आश्रम धनुषाले जनाएको छ।
धनुषा जिल्लाको मिथिला न.पा-२ बेलाचापी स्थित सतलोक आश्रमले आज बिहान ९:१५ बजे देखि कार्यक्रम प्रारम्भ गरेको छ। कार्यक्रमको सुरुवात सन्त रामपालली महाराजको पावन सान्निध्यमा आदरणीय गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ प्रकास्गबाट भएको थियो। आजको दिन नेपालका विभिन्न प्रदेशहरु, भारतको विभिन्न राज्यहरु र अन्य देशहरुबाट समेत उल्लेख्य संख्यामा भक्तजन एवं विभिन्न प्रसिद्ध व्यक्तिहरुको उपस्थिति रह्यो।
आज प्रथम दिन मधेस प्रदेशका वन तथा पर्यटन मन्त्री,सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल,सप्तरी जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह लगायत विभिन्न न.पा. का मेयरहरु लगायत गणमान्य व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रह्यो।आगन्तुकहरुका लागि शुद्ध घ्युमा बनेका लड्डु,जेरी,बर्फि तथा हलुवा प्रसादका साथै पूरी, शब्जी,सलाद, दाल,भात,अचार आदीको समेतको विशाल भण्डाराको व्यवस्था गरिएको छ। उक्त कार्यक्रममा कबिर साहेबको जिवनलीला चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि लगाइएको छ।
आश्रमले जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि:शुल्क भोजन भण्डारा गराउन तयार रहेको बताएको र संगसंगै बढि भन्दा बढी मात्रामा कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरेको छ। कार्यक्रमको दोस्रो दिन दाइजोमुक्त विवाह , रक्तदान शिविर आदी लगाईने आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो दिन करीब २ लाख जति श्रद्धलुहरुको उपस्थित रहेको थियो।