सावधान ! असार ६ गतेसम्म तातो हावा तथा लहरको सम्भावना
असार ४, २०८१, सोमबार | दिउँसो ०३:५४ बजे | 35
काठमाडौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट काठमाडौंले मौसमको पूर्वानुमान सर्वसाधारणको मोवाइलमोवाइलमा पठाउने तयारी थालेको छ । यसका लागि नेपाल टेलिकम (एनटीसी) र एनसेलसँंगै समझदारीपत्रमा हस्ताक्षर (एमओयू)को काम गरिरहेको छ ।
एनसेलसँंग एमओयू भइसकेको छ, मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट काठमाडौंकी इन्चार्ज वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, एनटीसँग एमओयूको प्रक्रियामा छौं । एनटीसी र एनसेलसँंग एमओयू भइसकेपछि यही मनसुनभित्रै यो कार्य प्रारम्भ गर्ने योजना रहेको उनले सुनाइन् । प्रत्येक वर्ष जुन, जुलाई अगष्ट र सेप्टेम्वर महिनालाई मनसुन महिना भनिन्छ । यस अनुसार यो सुविधा सेप्टेम्वर (भाद्र आश्विन)सम्ममा सुरु गर्ने योजना छ ।
मानन्धरका अनुसार यो सेवा विशेष गरेर अति आवश्यक क्षेत्रमा क्षेत्रगत रुपमा मात्रै पठाइनेछ । देशैभरि एउटै मौसम हुँंदैन, उनले भनिन्, जुल ठाउँंमा मौसमका कारण समस्या आउने जस्तै भारी वर्षा, चट्यांग, हावाहुरी आदि चर्को रुपमा पूर्वानुमान हुन्छ, त्यही ठाउँंका सर्वसाधारणलाई मात्रै यो सुविधा हुनेछ ।
अहिले पनि सर्वसाधारणको मोवाइलमा मौसमको पूर्वानुमान आउने गर्दछ । तर त्यो आधिकारिक र सरकारी होइन । निजी संस्थाहरुले गरेको पूर्वानुमान पठाउने गरेका हुन् ।
मौसम पूर्वानुमान महाशाखा दैनिक, तीनतीन दिनको, लामो समयको मौसमको पूर्वानुमान गर्छ । यस अनुसार उसले वेवसाइट, फेसबुक, ट्विटर, इमेल आदिबाट सर्वसाधारणलाई जानकारी दिने प्रयास गर्दछ । साथै उसले सञ्चारमाध्यम र अरु सरोकारवाला सरकारी निकायलाई पनि जानकारी पठाउँंछ । यही जानकारीहरुबाट सर्वसाधारणसम्म पुग्ने प्रयास हुन्छ । तथापि सर्वसाधारणले प्रभावकारी रुपमा मौसमको पूर्वानुमानको खवर पाएका हुँंदैनन् । तर अहिलेको यो सुविधा सञ्चालनमा आएपछि सामान्य सर्वसाधारणलाई पनि कम शव्दमा सरल भाषामा बुझने गरी पठाउने योजना राखिएको छ ।
महाशाखाले दैनिक विहान र बेलुकी गरी दुई पटक मौसम पूर्वानुमानको डाटा सकलन, बिश्लेषण गरी मौसमको पूर्वानुमान गर्छ । यसबाहेक कहिलेकाही विशेष परिस्थितिमा आकस्मिक पूर्वानुमान पनि गर्छ । महाशाखाले वर्षा, हावाहुरी, मेघगर्जन, चट्यांग, बाढीपहिरो आदिको पूर्वानुमान गर्छ र सरोकारवालाई निकायलाई सूचना पठाउँंछ । त्यसपछि जोखिमबाट बचाउँंन ती सरोकारवाला निकायहरुले जनतासमक्ष पूर्वतयारी र जोखिमबाट बच्ने उपायहरुबारे जानकारी दिन्छ । यसका लागि राष्टिय जोखिम न्युनीकरण प्राधिकरण र त्यस मातहतका सरकारी निकायहरु जोखिमबाट बचाउने काममा लाग्दछन् । तथापि गतवर्ष मात्रै मौसमका कारण १८ लाख मानिस प्रभावित भएको तथ्यांक छ ।
यसैवीच यो वर्षको मनसुन कोसी प्रदेशबाट सुरु भएको र क्रमशः आगामी एक हप्ता, दसदिनभित्र देशभरि मनसुन सुरु हुने पूर्वअनुमान गरिएको छ । पूर्वबाट क्रमशः मधेस, काठमाडौं उपत्यका हुँंदै सुदुरपश्चिममा मनसुन सुरु हुने अनुमान छ । तथापि उपकरण अभाब, जनशक्ति अभाब, भौगोलिक विविधता –हिमाल, तराई पहाड तथा ६५ देखि आठ हजार आठ सय ४८ मिटर)सम्म रहेका कारणले कहिलेकाही पूर्वानुमान सही नहुने गरेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
(असार ३ गतेदेखि २०८१ असार ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१÷०३÷०२ देखि २०८१÷०३÷०४ जारी समय ः विहान ०६ः०० बजे)
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती ː कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।