सतलोक आश्रम धनुषामा भक्तजनहरूकाे विशेष चहलपहल


असार ३, २०८१, आइतबार | दिउँसो १२:४२ बजे | 70


सतलोक आश्रम धनुषामा भक्तजनहरूकाे विशेष चहलपहल

विगत केही दिनदेखि मिथिला नगरपालिका वडा नम्बर-२, बेलाचापी, महेन्द्र नगर जील्ला धनुषा अवस्थित 'सतलोक आश्रम धनुषा' मा भक्तजनहरूकाे विशेष चहलपहल देखिन थालेको छ । सन् २०२४ काे जून २०,२१ र २२ तारिखमा (२०८१ आषाढ ६, ७ र ८ गते) एउटा भव्य महासमागमको आयोजना हुन जाँदै छ । चारै वेद,श्रीमद्भागवदगीता,कुरान सरिफ , बाइबल , गुरुग्रन्थ साहेब लगायतका सम्पूर्ण सदग्रन्थहरूले सयौं ठाउँमा पटक-पटक स्पष्ट प्रमाण सहित सर्वसृष्टि रचनहार , असङ्खय ब्रम्हाण्डका मालिक , सबै प्राणीको पालन पोषण गर्नेवाला , उत्तम पुरुष, परम् अक्षर ब्रम्ह जस्ता उपमाहरूले बर्णित परमात्मा परमेश्वर कबीर साहेबको कलियुगमा ६२७ बर्ष अघि भारत वर्षको काशी सहरमा स-शरीर प्रकट हुनुभएको अवसरमा यो महासमागमकाे आयोजना हुन लागेको हो । नेपालको धनुषा जिल्लामा रहेको 'सतलोक आश्रम धनुषा' लगायत भारतका ठूल्ठूला एघार वटै आश्रमहरूमा एकै साथ, एकै समय पारेर शुरू हुने यो कार्यक्रममा विश्वका धेरै ठाउँबाट करोडौंको सङ्ख्यामा भक्तजनहरूको उत्साहजनक सहभागिता रहने अनुमान गरिएको छ । 'सतलाेक आश्रम धनुषा' मा तीन दिनसम्म आयोजना हुने यस महासमागममा लाखौं भक्तजनहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । जगतगुरु तत्त्वदर्शी संत रामपाल जी महाराजको सानिध्यमा आदरणीय संत गरीवदास जी महाराजको अमर वाणीहरूको तीन दिवसीय अखण्ड पाठ, अखण्ड ज्योति महायज्ञ, विशाल भण्डारा , विशाल सत्सङ्ग, दाइजोरहित वैवाहिक कार्यक्रम , आध्यात्मिक प्रदर्शनी, निःशुल्क नाम दीक्षा तथा विशाल रक्तदान शिविरसमेत समावेश हुने यो कार्यक्रम आध्यत्मिक क्षेत्रमा अनुपम उदाहरण हुनेमा विश्वस्त रहेको आयोजकको दाबी छ । यो कबीर परमेश्वरको प्रकट दिवसको पावन अवसर हो । उहाँलेले आजभन्दा ६०० वर्ष पहिले आफ्नो तत्त्वज्ञान र सत्-भक्तिको माध्यमबाट लाखौँ मानिसहरूको दुःखकष्ट हटाएर सबै सुख प्रदान गर्नु भयो । कबीर परमेश्वर सन् १३९८ मा काशीको लहरतारा तलाउमा कमलको फूलमा सतलोकबाट आएर बालक रूप धारण गरी प्रकट हुनुभएकाे थियाे । जसको सम्झनामा यो महासमागम हुन गइरहेको छ भने सम्पूर्ण विश्वलाई यस महासमागममा सहभागी हुन निमन्त्रणा समेत दिइएको छ। इच्छुक श्रद्धालुहरू आफ्नो नजिकको सतलोक आश्रममा उपस्थित भएर यस महासमागमको लाभ उठाउन सक्छन्। यस विशेष पर्वको प्रत्यक्ष प्रसारण स्पिरिचुअल लिडर संत रामपाल जी महाराजको फेसबुक पेज र यूट्यूब च्यानलका साथै थुप्रै टि.भी.च्यानलमार्फत पनि प्रसारण गरिने जानकारी प्राप्त भएको छ ।

Comments