२४ वर्षदेखि अष्ट्रेलियामा रहेका भक्तपुर नवदुर्गास्थानका डा सोजेन भन्छन्, अष्ट्रेलिया आउनुस् तर बुझेर मात्रै

असार २, २०८१, शनिबार | साँझ ०४:०६ बजे | 75

२४ वर्षदेखि अष्ट्रेलियामा रहेका भक्तपुर नवदुर्गास्थानका डा सोजेन भन्छन्, अष्ट्रेलिया आउनुस् तर बुझेर मात्रै

भक्तपुर । विगत २४ वर्षदेखि अष्ट्रेलियाको सिडनीस्थित कलेजमा अध्यापनरत भक्तपुर नगरपालिका वडा नं ९ नवदुर्गास्थानका डा सोजेन प्रधानले विदेश आउने नाममा अन्धाधुन्ध आँंखा चिम्लेर आउने गल्ती नगर्न सुझाएका छन् । अष्ट्रेलियामा स्थायी वसोबास गरिरहेर हाल केही दिनका लागि नेपाल आएका उनले सवैकुरा बुझेर मात्रै विदेश जान नयाँं पुस्तालाई सुझाब दिएका छन् । 
सकेसम्म नेपालमै केही गर्न कोसिस गर्नुस्, उनले नयाँं पुस्तालाई लक्षित गर्दै भने, भएन भने बिकल्पको रुपमा मात्रै विदेश आउने सोच्नुस् । उनले सवै नेपाली विदेश पुग्दा देशको दुर्दशा हुन थालेको भन्दै चिन्तासमेत व्यक्त गरे । 
विदेशमा रहे पनि देशको लागि केही गर्ने हुतहुती छ, उनले थपे, त्यही कारण केही गर्न सकिन्छ भनेर नेपाल आउने गरेको छ । आफूले विशेष गरेर अनुसन्धानको काम गरिरहेका र त्यसलाई नेपाल र नेपालीसँंग जोडेर नेपालकै फाइदाका लागि गर्ने प्रयास गरिरहेको जानकारी उनले गराए । भक्तपुर नवदुर्गास्थानका पुख्र्याैली घर दाजुभाइलाई भाग दिएर उनी अहिले अष्ट्रेलियामा स्थायी बसोबास गर्छन् । 

फाेटाेमा हेर्नुहाेस्...

२४ वर्षदेखि अष्ट्रेलियामा रहेका भक्तपुर नवदुर्गास्थानका डा सोजेन भन्छन्, अष्ट्रेलिया आउनुस् तर बुझेर मात्रै

Comments