अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेन
कार्तिक २३, २०७७, आइतबार | विहान ०७:५४ बजे | 100
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जितेका छन् । बाइडेनले यो आफ्नो मात्र नभई सम्पूर्ण जनताको जित भएको भन्दै आफूलाई राष्ट्रपतिमा ऐतिहासिक मतसहित जित दिलाउन सहयोग गरेकोमा सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरे। उनले आफू सम्पूर्ण अमेरिकी जनताको राष्ट्रपति भएको भन्दै सबैका लागि समान काम गर्ने बताए ।
सम्बोधनका क्रममा बाइडेनले आफू अमेरिकी जनतालाई विभाजन गर्ने नभइ एकतावद्ध गर्ने राष्ट्रपति बन्ने दाबी गरे । उनले भने, ‘म यस्तो राष्ट्रपति बन्ने छु, जसले समाज र जनतालाई विभाजित होइन एकतावद्ध बनाउने छ।’ उनले चुनावी परिणाम सार्वजनिक हुँदै गर्दा नक्सामा देखिएको निलो र रातो रंगलाई संकेत गर्दै अगाडि भने, ‘रातो र नीलो राज्य नहेर्नुस्, मात्र अमेरिकालाई हेर्नुस्।’
ट्रम्पलाई मत दिने नागरिकलाई हतास नहुन आग्रह गर्दै बाइडेनले यो समय एकअर्काका कुरा सुन्ने भएको बताए । उनले भने, ‘ट्रम्पलाई मतदान गर्ने नागरिकको म हतासालाई बुझ्छु। तर, यो समय एकअर्कालाई समय दिएर उनीहरुका कुरा सुन्ने हो।
बाइडेनले सबैभन्दा पूरानो लोकतान्त्रिक मुलुकमा विविधता देखेर गर्व महशुस भएको भन्दै यसैको जगमा आफूले जित हात पारेको बताए ।