विश्व रक्तदाता दिवसमा गोल्मढीमा रक्तदान


असार १, २०८१, शुक्रबार | विहान ०६:५६ बजे | 40


विश्व रक्तदाता दिवसमा गोल्मढीमा रक्तदान

भक्तपुर । विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार भक्तपुरका तीन वटा संस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गोर्खा इको प्यानल जगाती भक्तपुर, गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि झौखेल भक्तपुर र गोर्खा चाइनिज इटा काभ्रे भक्तपुरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । 
सामाजिक उतदायित्वको कार्यक्रम अन्तर्गत दोश्रो पटक रक्तदान कार्यक्रम गरेको कम्पनीहरुका अध्यक्ष विश्वराम कवांले बताए । उनका अनुसार तीन वर्ष अघि पनि संस्थाले यस्तै रक्तदान कार्यक्रम गरेको थियो । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ३५ पुरुष र दुईजना महिला गरी कुल ३७ जनाले रक्तदान गरेको जनाइएको छ । रक्तदानमा सहभागी सवैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम भक्तपुरको गोल्मढी झौरबहीमा भएको थियो । 

Comments