भक्तपुर २ का सांसद् कुन दुलोमा लुकेर बसेका छन् ? जनताले एमाले खोज्न थालिसके

असार १, २०८१, शुक्रबार | विहान ०३:५० बजे | 60

भक्तपुर २ का सांसद् कुन दुलोमा लुकेर बसेका छन् ? जनताले एमाले खोज्न थालिसके

भक्तपुर । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापा कुन दुलोमा लुकेर बसेका छन् ? जनताले एमालेलाई खोज्न थालिसकेको बताएका छन् । पार्टीको नवौं भक्तपुर अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा उनले जितेका सांसद् निश्क्रिय भएकाले जितेको दुई वर्षमै क्षेत्र नं २ का सांसदले एमालेलाई खोज्न थालिसकेको बताए । त्यसकारण जनताले अर्काे निर्वाचनमा एमालेलाई चुन्ने उनले बताए । 
कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली थिए । कार्यक्रममा केन्द्रिय सदस्य निर्मल भट्टराई, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, निर्वतमान सचिव तथा अध्यक्षमा पराजित मोहनवीर श्रेष्ठलगायतले पार्टी जिल्लामा पहिलो शक्ति हुन सबै एक हुनु पर्ने विचार व्यक्त गरे ।
एमाले भक्तपुर जिल्ला कमिटीको नवौं अधिवेशनबाट १०५ जनाको जिल्ला कमिटी निर्वाचित भएर आएको छ । यसमा उपाध्यक्ष किरण थापा, सचिव विष्णु तामाङ्ग, सहसचिवद्धयमा सानुकाजी कायस्थ र उत्तरा नेपाल छन् । लेखा कमिटीको अध्यक्षमा राजकुमार लामिछाने ‘प्रीन्स’ निर्वाचित भएका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

Comments