भक्तपुरको नयाँं परिचय वन्दै ‘रगत नपाए भक्तपुर जानू’


जेठ ३१, २०८१, बिहीबार | दिउँसो ०२:०२ बजे | 35


भक्तपुरको नयाँं परिचय वन्दै ‘रगत नपाए भक्तपुर जानू’

भक्तपुर । भक्तपुर जिल्ला स्थायी बासिन्दाहरुलाई निःशुल्क रगत तथा रक्ततत्व वितरण हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले जनाए अनुसार यसरी जिल्लाभरिका स्थानीयबासीहरुलाई निःशुल्क रगत दिने भक्तपुर देशकै पहिलो जिल्ला हो । 
जिल्लामा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन् । ती नगरपालिकाहरुले छुटाछुटै रुपमा आआफना नगरबासीहरुलाई रगत लिंदा लाग्ने शुल्क नगरपालिकाले शोधभर्ना गर्ने गरेपछि जिल्लाभरका सवैले निःशुल्क रगत पाएका हुन् । भक्तपुर रेडक्रसले रगत दिंदा लाग्ने शुल्क नगरपालिकाहरुले तिरिदिने भएपछि सवै नगरबासीहरुले निःशुल्क रगत पाएका छन् । त्यसका लागि चार वटै नगरपालिकाहरुले छुटाछुटै मितिमा समझदारी गरेका छन् । जिल्लामा चार वटा नगरपालिकाबाहेक गाविस छैन । त्यही कारण जिल्लाभरिकाबासीले नै निःशुल्क रगत पाएका हुन् । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरमा सभापति परशुराम पाण्डेले भक्तपुर निःशुल्क रुपमा रगत पाउने पहिलो जिल्ला मात्रै नभई रगत उपलव्ध गराउने चिरपरिचत जिल्ला बनेको बताए । रगत नपाए भक्तपुर जानू भन्ने कथन देशभरि नै छ, उनले भने, यस अर्थमा भक्तपुर रगत दिने जिल्लाको रुपमा पनि परिचय पाएको छ । भक्तपुरले कहिले पनि विरामीलाई रगत छैन भनेर फिर्ता पठाउन नपरेको उनले बताए । कहिलेकाही रगत नहुँंदा हामी रक्तदातालाई बोलाएर नै रक्तदान गर्न लगाउँंछौं, उनले भने, जुन समूहको रगत चाहिने हो, त्यही रक्तदातालाई बोलाएपछि उहाँंहरु खुशीले रगत दिन आउनुहुन्छ र हामी विरामीलाई रगत दिन्छौं । रक्तदाताले रगत निःशुल्क दिने गरे पनि रगत प्रशोधनलगायतका कामका लागि खर्च चाहिने भएकोले निःशुल्क दिइएको रगत लिए बापत पनि पैसा लाग्ने भएको उनले बताए । 
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री धर्मराज कार्कीले नेपाल रेडक्रस सोसाइटी भक्तपुरका पूर्व, निवर्तमान तथा वर्तमान पदाधिकारीहरुको मिहेनतकै कारण भक्तपुर रगत पाउने जिल्लाको रुपमा परिचय पाउन सफल भएको बताए । नेपाल रेडक्रस सोसाइटी भक्तपुरका निवर्तमान सभापति एवं केन्द्रिय सहमहामन्त्री एवं केन्द्रिय रक्तसञ्चार संयोजक मनोजकुमार थापाले देशैभरि अहिले पनि रगत नपाए भक्तपुर जानू भन्ने विश्वास यथावत् रहेको जनाए । जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं २ दुवाकोटका वडा अध्यक्ष सोम प्रधानले चाँंगुनारायण नगरपालिकाले पहिलो कार्यपालिकाको पहिलो बैठकले नै नगरबासीहरुलाई निःशुल्क रगत दिने निर्णय गरेको स्मरण गरे । २० रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका गतिविधिहरुबारे जानकारी दिन विहीबार पत्रकार सम्मेलन गरेको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको नयाँं परिचय वन्दै ‘रगत नपाए भक्तपुर जानू’

Comments