शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ को प्रदर्शनी सुरू


जेठ ३०, २०८१, बुधबार | दिउँसो ०२:४४ बजे | 80


शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ को प्रदर्शनी सुरू

भक्तपुर, जेठ ३० । किपाः ग्राफी भक्तपुरको आयोजनामा भक्तपुरको कला,संस्कृति,सम्पदा र सहनसहन सम्बन्धी वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ आजबाट सुरू भएको छ।  भक्तपुरको लिवालीमा अवस्थित वल्ड दरवारमा उक्त प्रदर्शनी सुरू भएको हो।  
आजको उद्घाटन सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमा बोल्दै अध्यक्ष बिजुक्छेंले पुराना सम्पदाहरु बचाई राख्न फोटोहरुको ठूलो महत्व हुने र एउटा फोटोले पनि धेरै कुरा बताउने भएकोेले लेखाई भन्दा पनि दृष्यले धेरै कुरा बताउने उहाँले बताउनु भयो ।सोही अवसरमा विशेष अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्र राज गोसाईले फोटोग्राफीको महत्वबारे आफ्ना कुराहरु राख्नु भएको थियो साथै युवाहरुमा फोटोग्राफीको रुची बढाउनमा किपाःग्राफी भक्तपुरले गरेका कार्यको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा किपाः ग्राफी भक्तपुरका सल्लाहकारद्वय अच्युत प्रजापति र बलराम प्रजापतिले आ आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। 
उक्त कार्यक्रममा फोटो प्रदर्शनीलाई विभिन्न रूपले सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। किपाः ग्राफी भक्तपुरका उपाध्यक्ष उज्वल चन्द्र बुद्धाचार्यले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा सचिव बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए। 
उक्त प्रदर्शनी यहि असार १ गतेसम्म जारी रहनेछ। शाक्यद्वारा खिचिएका भक्तपुरको कला, संस्कृति, सम्पदा एवं रहनसहन झल्काउने १०० भन्दा बढी तस्बिरहरु उक्त प्रदर्शनीमा राखिएको छ।

फाेटाेमा हेर्नुहाेस्...

शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ को प्रदर्शनी सुरू
शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ को प्रदर्शनी सुरू

Comments