सूर्यविनायकका प्लानिङमा खुल्ला क्षेत्र गायव पार्न जनप्रतिनिधिहरुले चलखेल गरेको हो ?


जेठ २९, २०८१, मङ्गलबार | दिउँसो ०१:४२ बजे | 45


सूर्यविनायकका प्लानिङमा खुल्ला क्षेत्र गायव पार्न जनप्रतिनिधिहरुले चलखेल गरेको हो ?

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ९ नंखेलको पाँखागाउँ क्षत्रका विभिन्त्र ठाउँहरुमा भैइराखेका प्लानिङमा जनप्रतिनिधि र भू–माफियाको मिलोमतोमा खुल्ला क्षेत्र गायब पार्ने योजना रहेको खुल्न आएको छ । प्लानिङ गर्दा अनिवार्यरुपमा खुल्ला क्षेत्र छोड्नुपर्ने हुन्छ । तर, सो खुल्ला क्षेत्र नछोड्ने र स्थानीय जनतालाई गुमराहमा पार्ने योजना अन्र्तगत जनप्रतिनिधिकै मिलोमतोमा सो क्षेत्रमा काम हुँदै आएको रहस्य खुल्दै जान थालेको छ । 
एकैपटक अर्थात् एउटै निवेदनमा वडामा जग्गा सम्याउने निवेदन नदिएर फरक–फरक मितिमा विभिन्त्र व्यक्तिका नाममा निवेदन हाल्न लगाएर  सोही अनुसारको सिफारिस दिएर काम गर्दै आएको देखिएको छ ।  पाँखागाउँको एउटै ठाउँमा करिव ३७ रोपनीमा काम भैराखेको छ । तर, त्यसलाई टुक्रा–टुक्रा पारेर जग्गा सम्याउन सिफारिस लिनुको मुख्य उद्देश्य खुल्ला क्षेत्र छाड्न नपर्ने याजनाका साथ सो काम गरेको बुझिन आएको छ । जग्गावालालाई फाइदा हुने सो काममा जनप्रतिनिधिहरुले दरो साथ दिएको व्यवहारमा देखिएको छ । त्यति मात्रै होइन, व्यक्तिलाई जग्गा सम्याउन दिएको ठाउँमा प्लानिङको संरचना निर्माण गरिदै आएको छ । प्लानिङको संरचना निर्माण हुनु भनेको त्यो पक्कै पनि व्यवसायिक प्रयोजन हो । व्यक्तिको एकाध खडेरी गरेको होइन । अहिले सो एरियामा जुन ठाउँमा काम भैराखेको छ, त्यो पक्कै पनि व्यवासायिक प्रयोजनकमा लागि भएको छ । तर किन जनप्रतिनिधिहरुले त्यसलाई व्यवसायिक प्लानिङको निर्माण संरचना भन्न सकिराखेका छैनन ? 
जो कोहीले हेर्दा वा देख्दा पनि व्यक्तिलाई घडेरीका रुपमा मात्रै जग्गा सम्याउन दिएको नभएर व्यवसायिक प्रयोजनका लागि दिएको र सोही प्रयोजनका लागि काम भैराखेको देखिन्छ । तर, किन सम्बन्धित वडाका जनप्रतिनिधि र नगरपालिका यस विषयमा मौन छ ? सिगै वन खस्ने गरी सो ठाउँमा काम भैराख्दा पनि किन नगरपालिका वेखवर छ ? 
सबैलाई थाहा छ, व्यवसायिक प्रयोजनका लागि काम गर्दा कंम्पनी खडा गरेर काम गर्नुपर्ने हो । तर, ३७ रोपनी भन्दा बढी जग्गालाई प्लानिङको स्वरुपमा अघि बढाइरहदा किन व्यक्तिलाई काम गर्न जनप्रतिनिधिहरुले छुट दिइरहेका छन ? सो क्षेत्रमा प्लानिङको काम गरे वापत नगरपालिकाले पाउनुपर्ने राजस्वमा किन जनप्रतिनिधीहरुले नजरअन्दाज गरिरहेका छन ? के जनप्रतिनिधिको काम राजस्व छली गरेर खल्ती भर्ने मात्रै हो ? 
अहिले आएर वर्षा लागेका कारण नगरपालिकाले डोजर चलाउन नगरपालिकाभरि रोक लगाएको छ । तर, पनि यहाँ मात्रै होइन, धेरै ठाउँका प्लानिङहरुमा डोजर लगाउन पूर्णरुपमा रोकिएको छैन । 
स्रोतले जानकारी गराए अनुसार जनप्रतिनिधिलाई मिलाउन जग्गा सम्याउने ग्रुपले ५५ लाख रुपैयाँ खर्च पहिलो चरणमा अर्थात् सो ठाउँमा काम हुनु अगावै गरेको हो । अरु उनीहरुलाई सहयोग प्लानिङ पूरा भएपछि गर्ने बुझिएको छ । वडा नं ९ मा मात्रै होइन, सो ग्रुपले यसअघि वडा नं १० को चित्तपोलको दह गाउँमा पनि प्लानिङको काम गरेको बुझिएको छ । सोही गैुपले त्यहाँ गरेको प्लानिङको काम अधुरै छाडेको बुझिएको छ । त्यहाँ काम हात हालेर नगरेका कारण उनीहरुलाई जग्गा प्रतिशतमा सम्याउन दिने स्थानीयवासी जग्गावालाहरु आफूहरुलाई उनीहरुले धोका दिएको भन्दै हिडिरहेको सो ठाउँका पीडित जग्गावालाहरु बताउँंछन् । उनीहरुका अनुसार प्लानिङवालाहरु भित्रीरुपमा जनप्रतिनिधिहरुसंग मिलोमतो गर्ने र काम थाल्नु भन्दा अघि मिठो आश्वासन दिने गर्दछन् । पछि लफडा गरेर प्रतिशत घटाउने योजनाका साथ उनीहरुले काम गर्दै आएकाले आफूहरु मर्कामा परेको वडा नं १० का स्थानीय नगरकोटी थरका जग्गावालाले वताए ।  अहिले पनि दिनहूँजसो उनीहरुका धाउन आफूहरु वाध्य भएको उनी वताउँछन् । 
पछिल्लो चरणको वडा नं  ९ को  पाँखागाउँमा ३७ रोपनी मध्येको जग्गा  सम्याउन वडाअध्यक्ष भगवान खत्री जानाजान हेटौडा हिडेका कारण सो दिनको कार्यवहाक अध्यक्ष शेरकाजी सुवालले हस्ताक्षर गरेका रहेछन्  । सुवालले सो प्रकरणमा आफूलाई पार्टीका नेता र अध्यक्षले जानाजान फसाएको भन्दै आफू निकट साथीहरुसंग गुनासो पोख्दै आएका छन् । आफूले सो निवेदनमा हस्ताक्षर गर्न नमान्दा पनि अरु नै वडाको अध्यक्षले आफूलाई सो निवेदनमा हस्ताक्षर गर्नका लागि चर्को दबाब दिएका कारण  आफू वाध्य भएको वताउँदै आएका छन् । 
जग्गाधनीलाई वनको सिमानासँग जोडिएका भिरालो भूबनोटको अध्ययन नै नगरी नगरपालिकाले जग्गा सम्याउन सिफारिस दिएका कारण सो भूगोलसग जोडिएका तल्लो तटीय बस्ती जोखिममा पर्ने सम्भावना बढेर गएको छ । यो वर्षामा के होला, त्यो त हेर्न वाँकी नै छ ।
त्यसो त नगरपालिकाको जग्गामा कमाउ खेतीको आफ्नै शैली छ, जनप्रतिनिधिीहरुकै सल्लाह र योजनामा जनप्रतिनिधिकरुले पहिले जग्गा सम्याउने भनेर नगरपालिकाबाट स्वीकृति लिन्छन् र प्लटिङको संरचना बनाउँछन् । जग्गा सम्याउन भनेको ठाउँमा किन प्लटिङको संरचना निर्माण गरेको भनेर अहिलेसम्म नगरपालिकाले एक ठाउँमा पनि रोकेको न इतिहास छ, न वर्तमान नै । पाखागाउँको वन क्षेत्रसमेत अतिक्रमण गरेर जग्गा सम्याउने काम भइराखेको छ । तर नगरपालिका र सम्बन्धित वडा मौन बसेको स्थानीयको आरोप छ । उनीहरूका अनुसार जग्गा सम्याउने नाममा वनको जग्गासमेत अतिक्रमण भएको थियो । त्यहा वन र नगरपालिकाले लोकजाज टार्ने वाहेक अर्को केही काम नगरेको स्थानीयवासीहरु वताउँछन । सो क्षेत्र भिरालो भएकाले पनि वन क्षेत्रको कति जग्गा प्लटिङ गर्दा छुट्टउन पर्ने हो ? त्यसतर्फ वनका कर्मचारीहरुले समेत गभ्भीरताका साथ चासो नदेखाएको स्थानीयवासीहरुको गुनासो छ । 
जग्गाधनी गोविन्द अधिकारीलगायत ४ जनाले वडा कार्यालयमा २०८० माघ १६ गते निवेदन दिएका थिए । उनीहरूले आफ्नो निवेदनमा जग्गा सम्याउने र त्यसलाई खेतीयोग्य बनाउने भनेर उल्लेख गरेका थिए । यसको अर्थ त्यहाँ प्लानिङ होइन, खेतीयोग्य जग्गा हुनेछ भन्ने विश्वास स्थानीयको थियो । नगरपालिकाले पनि त्यस क्षेत्रलाई खेतीयोग्य जग्गाको रूपमा वर्गीकरण गर्ने विश्वास थियो । तर अहिले त्यहाँ प्लानिङको संंरचना निर्माण भैराखेको छ । उता, नगरपालिकाले भने नदेखे झै गरीराखेको छ ।

Comments