भक्तपुरको आदर्श चोकमा नाराबाजी
जेठ २८, २०८१, सोमबार | दिउँसो ०२:१७ बजे | 35
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा सोमबार नाराबाजी गरिएको छ । आदर्श चोकमा चारदोवाटो कायम गर्न माग गरी नाराबाजी गरिएको हो ।
आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ वैशाख ८ गते आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति गठन गरिएको थियो । सोही समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ४ का निवर्तमान वडा अध्यक्ष कुमार चवाल, समितिका सचिव मणिरत्न बज्राचार्यलगायतको नेतृत्वमा नाराजुलुश गरिएको थियो ।
सिपाडोल मुलबाटो र भक्तपुर नगरपालिका वडा नं ५ र ७ वीचको चारदोवाटो खुल्ला राख्न मागसहित उनीहरु संघर्षरत छन् । संघर्षको क्रममा यसअघि स्थानीयले आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न मागसहित आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ डाँंगाचा आदर्श भक्तपुर गठन गरेका थिए । आदर्श चोकलाई चारदोवाटो नै कायम गरिराख्न माग गर्न समिति गठन गरिएको हो ।
समितिले आदर्श चोकलाई राजमार्ग विस्तारपछि चोक नभई बार लगाएर आवतजावत गर्न तीन तीन सय मिटर जानुपर्ने बनाई आवातजावत वन्दको योजना बनाएपछि चोक वन्द नगर्न माग गर्दै आएको छ ।
समितिको अध्यक्षमा भक्तपुर नगरपालिका वडा नं ४ का निवर्तमान अध्यक्ष कुमार चवाल रहेका छन् । समितिमा सूर्यविनायक नगरपालिका वडा नं ८ का स्थानीयबासी मणिरत्न बज्राचार्य सचिव रहेका छन् । कार्यसमिति १५ सदस्यीय रहेको छ ।
अरनिको राजमार्ग अन्तर्गर्त सूर्यविनायदेखि धुलिखेलसम्मको सडक विस्तार कार्य हाल जारी छ । यही क्रममा सूर्यविनायकदेखि जगातीकोवीचमा रहेको आदर्श चोकमा चारदोवाटो बन्द गरी आवतजावत गर्न नदिने गरी बार लगाउने इष्टमेट भएको जनाइएको छ ।
समितिका अध्यक्ष कुमार चवालका अनुसार चारदोवाटो बन्द नगर्न माग गर्दै आयोजनाको कार्यालय धुलिखेल, भक्तपुर र सूर्यविनायक नगरपालिकाका प्रमुखहरुलगायतका सरोकारवालाहरुलाई ध्यानाकर्षण बुझाइसकिएको छ । साथै सांसद प्रेम सुवालमार्फत् संसदमा पनि यस विषयमा आवाज उठिसकेको छ । तर पनि आयोजनाले आफूहरुको मागबारे कुनै सुनुवाई नगरेको उनीहरुको भनाई छ ।