जेष्ठ नागरिक कोषले गरयो सगरमाथा आरोही जेष्ठ नागरिकहरुलाई सम्मान


जेठ २८, २०८१, सोमबार | दिउँसो ०१:४४ बजे | 25


जेष्ठ नागरिक कोषले गरयो सगरमाथा आरोही जेष्ठ नागरिकहरुलाई सम्मान

काठमाडौं । जेष्ठ नागरिकहरुको सम्मानस्वरुप समाज कल्याण परिषद् राष्टिय जेष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौंले क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालको ९२ औ जन्मोत्सव सोमबार राजधानीमा एक कार्यक्रमवीच मनाएको छ । सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने जेष्ठ नागरिकहरुलाई सम्मान तथा कोषका झण्डा सगरमाथा फहराउने सगरमाथा आरोही छिरिङ पेम्वा शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा कुमालको जन्मोत्सव पनि केक काटेर मनाइएको थियो । ललितपुरको थपाट टोल ओकुबहालमा विक्रम सम्वत १९९० सालमा जन्मेका कालु कुमाले सिद्धहस्त मूर्तिकार हुन् । 
कार्यक्रममा सन् १९७५, १९७९ र १९८५ गरी तीन पटक सगरमाथा आरोहण गर्न सफल परतेम्वा शेर्पा र सन् १९९० मा अक्सिन वेगर सगरमाथा आरोहण गर्न सफल आङपुवा शेर्पालाई सम्मान गरेको छ । उनीहरुलाई समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले सम्मान गरेका हुन् । साथै राष्टिय जेष्ठ नागरिक कोषको लोगो र झण्डा सगरमाथामा पुयाउने छिरिङ पेम्वा शेर्पालाई पनि नगद रु २५ हजारसहित सम्मान गरिएको छ । 
कार्यक्रममा राष्टिय जेष्ठ नागरिक कोषका कायममुकायम निर्देशक भगवती संग्रौला, कोषका सभापति बसन्तराज कार्की, कोषका धनु राई, कोषका बोर्ड सदस्य डा सुनिल मास्के, सम्मानित सगरमाथा आरोही छिरिङ पेम्वा शेर्पालगायतले सम्मानित व्यक्तित्वहरुलाई बधाई दिएका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

जेष्ठ नागरिक कोषले गरयो सगरमाथा आरोही जेष्ठ नागरिकहरुलाई सम्मान

Comments