प्रेस युनियनद्धारा पत्रकार महासंघ भक्तपुरको अधिवेशन वहिष्कार (विज्ञप्तिसहित)


जेठ २६, २०८१, शनिबार | विहान ०७:१३ बजे | 50


प्रेस युनियनद्धारा पत्रकार महासंघ भक्तपुरको अधिवेशन वहिष्कार (विज्ञप्तिसहित)

भक्तपुर । विवादका माझ नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको नवौं अधिवेशन तथा साधारणसभा आयोजना गरिएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरले अधिवेशनको वहिष्कार गरेको छ ।

युनियनकै आधिकारिक उम्मेदवारका रूपमा सर्वसम्मतका रूपपमा पत्रकार महासंघ भक्तपुर शाखामा निर्वाचित भएका अध्यक्ष जगत प्रजापतिले शाखाका कोषाध्यक्षको हस्ताक्षर नगरिएको प्रतिवेदन प्रस्तुत गर्ने भएपछि युनियनले अधिवेशन बहिष्कार गरेको प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन शिल्पकारले बताए ।

अध्यक्ष शिल्पकारले शनिबार बिहानै बिज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघको सदस्यता टुँगो नलागेको अवस्थामा एकतर्फी रुपमा गतिबिधि अधिवेशन साधारणसभा जस्ता गतिबिधिको बिरोध स्वरुप अधिवेशनको बिरोध गरेको गरिएको हो ।

सदस्यता नविकरणमा नेतृत्वले देखाएको विभेदपूर्ण ब्यवहार प्रति खेद प्रकट गर्दैै भक्तपुर शाखामा देखिएको विभेद प्रति युनियनले रोष प्रकट गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं संघिय सांसद दुर्लभ थापाले पत्रकार महासंघ भक्तपुरको ९ औं अधिबेशन उद्घाटन गरेका छन् । एकातर्पm काँग्रेसकै सुभेच्छुक संस्थाले बहिष्कार गरेको कार्यक्रममा थापा प्रमुख अतिथि बनेर जानुलाई भक्तपुुर काँग्रेस र सुभेच्छुक संस्थाबीचको सम्बन्धलाई स्पष्ट पारेको अधिवेशनमा भेटिएका एक पत्रकारले नाम उल्लेख नगरिदिने शर्तमा बताए । उनले भने, “भक्तपुर काँग्रेसमा आफ्नो सुभेच्छुक संस्थाको बहिष्कार कार्यक्रममा थापाको प्रमुख उपस्थितिले काँग्रेसमा देखिएको गुट उपगुटलाई फेरि स्पष्ट देखिएको छ ।”


फाेटाेमा हेर्नुहाेस्...

प्रेस युनियनद्धारा पत्रकार महासंघ भक्तपुरको अधिवेशन वहिष्कार (विज्ञप्तिसहित)

Comments