अलेक्सान्दर पुश्किनको २२५ औं जन्मजयन्ती तथा रूसी भाषा दिवस मनाइयो


जेठ २५, २०८१, शुक्रबार | विहान ०८:१७ बजे | 70


अलेक्सान्दर पुश्किनको २२५ औं जन्मजयन्ती तथा रूसी भाषा दिवस मनाइयो

काठमाडौ । नेपाल रुस साहित्य समाज र रुसी भवन काठमाण्डौको आयोजनामा विश्व विख्यात रुसी कवि, नाटककार र उपन्यासकार अलेक्सान्दर पुश्किनको २२५औ  जयन्ती आयोजना गरियो । उक्त दिन रूसी भाषा दिवसको रुपमा पनि मनाइन्छ ।
कार्यक्रमको शुरु प्रमुखअतिथि नेपाल संगिततथानाट्य प्रतिष्ठानका कुलपतीमा. निशाशर्मा द्वारा रुसी सांस्कृतिक केन्द्रको परिशरमा अवस्थित पुश्किनको सालिकमा माल्यार्पणबाट भयो । त्यसपछि आधा घण्टा पुश्किनको कर्मथलोको डकुमेन्ट्रीप्रदर्शन गरियो । 
नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा. डा. जंगब चौहानको सभापतित्वमा सम्पन्न उक्तकार्यक्रमको संचालनमित्रकुञ्जका सचिव ई. रामविन्दु श्रेष्ठले गर्नु भएको थियो । अतिथीहरुको स्वागतगर्दै रुसी भवनका सहनिर्देशक अनुशभान्यानले प्रत्येक मान्छे भित्रआ–आफ्नै पुश्किन छन् भन्नु भयो । 
कार्यक्रमको शुरुआतगर्दै रामविन्दु श्रेष्ठले पुश्किनआफ्नो सृजनामार्फत अजर अमर रहेका र सोभियत कालमारुसी भाषामा उच्च शिक्षा अध्ययन गरेका पाँच महादेशका विद्यार्थीहरुको लागि आजको दिन विशेष रहेको र हामी सात समुन्द्र पारीबाट गएकाहरुलाई रुसी भाषा शिक्षीकाहरुले दर्शाएको प्रेम अतुल्य छ भन्नुभयो । 
कार्यक्रमको प्रमुख सत्र “पुश्किन काव्यिक साँझ”को संचालन गर्दै अध्यक्ष जंगब चौहानले यतिका शताब्दी बती गए पनि पुश्किनका कविताहरु पुनःपुनः संझना आइरहन्छ, उनका कालजयी कृतिहरु र तिनका सौन्दर्य सर्वव्यापी छ भन्नुभयो । वहाँलेत्यतिखेर रुसका अत्यन्त संभ्रान्तका छोराछोरी पढ्ने शिक्षालय भित्रबाटै  जार शाहीको निरकुंशताको विरुद्ध बागीहरु जमात जन्मेको र पुश्किनका धेरै कविता ती डिसेम्बर विद्रोहीहरु प्रति समर्पित रहेको बताउनु भयो 
काव्यिक साँझमा रुसी तथा नेपाली स्रस्टाहरुले जंगब चौहानद्वारा अनुदित पुश्किनका आठ कालजयी कविताहरु  वाचन गरे । जसमा सह निर्देशक अनुशर जंगबचौहानले ले ‘पुश्चीनलाई’ रुसी र नेपालीमा, प्रा. डा. अशोक थापाले ‘साइबेरियाको गर्भगृहमा’ र ‘माया गरे तिमीलाइर्’, नेपालीकला साहित्य डट कमकी अध्यक्ष मोमिलाले ‘चादायभलाई’ र ‘हिउँदको साँझ’ , कलाकार निशा शर्माले शोक गीत‘एलेगिया’ रनेरुसास उपाध्यक्ष ई. विष्णु व. सिंहले ‘नाममा के छ’,सुषमा खत्री रञ्जितले ‘जर्जीयाको पहादमाथि’, रिटायर्ड कर्णेल सन्जयश्रेष्ठले ‘म ती जादुमय दिनहरु संझन्छु’नेपालीमा पढेर सुनाए ।
वाचनको क्रममात्रि.वि.वि. केन्द्रिय नेपाली विभागका डा. अशोक थापाले  आफुहरुले विश्वविद्यालयमा रुसी लेखकहरु बारे अध्यापन गराउने गरेको बताउनु भयो । कवियत्री मोमिलाले क्रान्तिकारी कवितालाई पनि प्रेमको शैलीमा अभिव्यक्तगर्ने पुश्किन शैली विशिष्ट छ भन्नु भयो । आफ्नो मन्तव्य व्यक्त गर्दै कुल पति निशा शर्माले रुसीहरुले पुश्किनका कविताहरुलाई गीत, संगित र भिडियोमा ढालेर संसारभर फैलाएझैं हामीले पनि नेपाली स्रष्ट ादेवकोटा, समका आदि रचनाहरुको रचनामा किन गीत नभर्ने भन्नु भयो । 
कार्यक्रममा रुसी सास्कृतिक केन्द्रका भाषा शिक्षक सुशील सिग्देलले रुसी भाषाको विशेषता, प्रचलित रोचक तथ्यहरु र त्यसको विश्व व्यापी महत्व प्रस्तुत गरे र अन्तमा नेरुसासका महासचिव ई. चन्द्र कान्त आचार्यले  सबै सहभागीहरुलाई धन्यवाद िददैं कार्यक्रम समापनको उदघोष गरे  ।
विभिन्न क्षेत्रमा कार्यरत लेखक, कलाकार, विद्वान र साहित्यकारहरुको जमघटले कार्यक्रम भव्य र सभ्य भयो । 

फाेटाेमा हेर्नुहाेस्...

अलेक्सान्दर पुश्किनको २२५ औं जन्मजयन्ती तथा रूसी भाषा दिवस मनाइयो

Comments