विनायकमा विश्व वातावरण दिवश मनाइयो
जेठ २४, २०८१, बिहीबार | विहान ०२:४२ बजे | 70
विश्व वातावरण दिवश, विनायक शिक्षा निकेतनले विभिन्न कार्यक्रमहरु गरी मनायो । विश्व वातावरण दिवशका अवसरमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीचीच विभिन्न समुहमा जेठ २२ गते "our land our future" बिषयमा चित्रकला प्रतियोगिता सम्पन्न गरि प्रथम द्वितीय तृतीय हुने विद्यार्थी भाइबहिनीहरुलाई पुरस्कार वितरण गरियो। साथै जेठ २३ गते गते अर्थात जुन ५ विश्व वातावरण दिवशका अवसरमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु सम्मिलित जनचेतनामूलक र्याली कार्यक्रम भयो। र्याली कार्यक्रम सांस्कृतिक बाजा गाजा तथा वातारण संरक्षणका लागि जनचेतना मुलक नारा लेखिएको प्ले कार्डका साथै नारा लगाइदै र्यालिले नगर परिक्रम गरेका थिए। साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यका साथ "Learning by doing" progressive education को सिद्धान्त अनुसार " Eco Club तथा Interact Club को संयुक्त आयोजनामा विद्यालय परिसर र स्थानिय टोलहरुमा सरसफाई कार्यक्रम सम्पन्न भयो।बिनायक शिक्षा निकेतनले हामी जस्ता 'कलिला विद्यार्थीहरुलाई सामाजिक दायित्व बोध गराउन तथा व्यवहारिक ज्ञान प्रदान गर्न यस्ता कार्यक्रमहरु समय समय गर्दै आइरहेका छन् ।त्यो अत्यन्त राम्रो कार्य भएको र हामी पनि सहभागी हुन पाएकोमा अत्यन्त खुसी भएको कुरा कक्षा ७ मा अध्ययनरत विद्यार्थी निमा तामाङ्ग तथा कक्षा ९ मा अध्ययनरत विद्यार्थी Interact Club का प्रिसिडेन्ट नेहा श्रेष्ठले बताउनु भयो । विश्व वातावरणको दिवसको उपनक्ष्यमा आयोजित विद्यालयको उक्त कार्यक्रममा बोल्दै Eco club president निसा हमाल ले वातावरण जोगाउन, संरक्षण गर्न हामी विद्यार्थीहरुका महत्वपूर्ण भूमिका रहेकाले लाग्नु पर्ने बताउन भयो र समाजलाई सचेत बनाउन हामी बिद्यार्थी नै लाग्नु पर्ने बताउनु भयो।
फाेटाेमा हेर्नुहाेस्...