बाेदेमा वडास्तरीय युवा क्लव गठन


जेठ २४, २०८१, बिहीबार | विहान ०१:४१ बजे | 45


बाेदेमा वडास्तरीय युवा क्लव गठन

मध्यपुर थिमी नगरपालिकामा ८ नं वडा स्तरीय युवा क्लव गठन गरिएकाे छ । स्थानीय तहमा युवाका मुद्दाहरुकाे बहस पैरवी केन्द्रकाे रुपमा विकास गर्न, युवालाई सामाजिक दायित्व र कर्तव्य प्रति जिम्मेवार बनाउन, वडामा स्वयमसेवकीय संजालकाे युवा क्लव गठन तथा युवा संसदकाे नमूना अभ्यास माध्यमबाट वडा र नगरमा युवा परिचालन गर्ने उदेश्यले क्लव गठन गरिएको थियाे । युवा क्लव गठन तथा संसद संचालन कार्यविधी २०७५ अनुसार वडाकाे क्लव संचालन हुने वडा सचिव रञ्जन प्रजापतिले बताउनु भएकाे छ । राष्ट्र निर्माणकाे आधार स्तभकाे रुपमा रहेका नेपाली युवा वर्गकाे नेतृत्व तथा क्षमता विकास गरि देशकाे शासन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित सशक्तीकरण गर्दै उनिहरुकाे सर्वाङ्गिन विकासमा युवा मैत्री नीति, याेजना, कार्यक्रम र प्राथमिकीकरण गर्न नेपाल सरकारले स्थानीय पालिकाका सबै वडाहरुमा युवा क्लव गठन गरि परिचालन गर्ने लक्ष्य लिएको छ । यसै सन्दर्भमा ''समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा" भन्ने नारा साथ नीलबाराही पार्टी प्यालेसमा वडा अध्यक्ष रमेश थापा श्रेष्ठज्युकाे सभाध्यक्षतामा आज सम्पन्न वडा स्तरीय युवा भेला तथा क्लव गठन कार्यक्रममा कवि थापा श्रेष्ठकाे अध्यक्षतामा १५ सदस्यीय वडा युवा क्लव गठन गरिएको थियाे । क्लवमा १६ बर्ष देखि २४ बर्ष उमेर समुहका महिला र पुरुष युवाहरूको सहभागी रहेका छन । क्लव गठनकाे युवा भेलालाई सम्वाेधन गर्नु हुँदै वडा अध्यक्ष रमेश थापा श्रेष्ठले भाैतिक निर्माण मात्रै विकास ह‌ैन, युवा वर्गकाे साेचाईमा परिवर्तन र विकास गर्नु आवश्यक रहेको साथै नेतृत्व विकासमा युवा अगाडी आउनु पर्ने र क्षमता विकास गर्नु पर्ने बताउनु भयाे । ८ नं वडा बाेदेकाे सयाेजनमा सम्पन्न युवा भेला तथा क्लव गठन कार्यक्रममा कार्यपालिका सदस्य उजला थापा, वडा सदस्य सुरेन्द्र था श्रेष्ठ र शिक्षा शाखाका धना गिरीले ब्यवहार र आचरणमा सकारात्मक परिवर्तन ल्याउन युवा क्लव सार्थक हुने विचार ब्यक्त गर्नु भयाे । क्लव गठनसंगै ८ नं वडाकाे हरेक गतिविधिमा युवा वर्गकाे नेतृत्व सहभागी गराउने जनाएकाे छ ।

फाेटाेमा हेर्नुहाेस्...

बाेदेमा वडास्तरीय युवा क्लव गठन

Comments