नेपाल इको प्यानलले गरयो च्वङा गणेशस्थानमा बृक्षारोपण

जेठ २३, २०८१, बुधबार | विहान ०७:४५ बजे | 40

नेपाल इको प्यानलले गरयो च्वङा गणेशस्थानमा बृक्षारोपण

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा बुधबार नेपाल इको प्यानलले बृक्षारोपण गरेको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित च्वङा गणेशस्थानमा बृक्षारोपण गरेको हो । च्वङा गणेशस्थानका भिरालोहरुमा सामाजिक उतरदायित्व अन्तर्गत बृक्षारोपण गरेको जनाएको छ । 
नेपाल इको प्यानलले विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कर्पाेरेट कार्यालय अगाडि रहेको च्वङा गणेशस्थान परिसरमा बृक्षारोपण गरेको हो । 
बृक्षारोपणमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवाललगायले बृक्षारोपण गरेका थिए । इको प्यानलका व्यवस्थापक विक्रम गोसाईलगायतका कर्मचारीहरु पनि बृक्षारोपणमा सहभागी रहेका थिए । च्वङा गणेशस्थान भक्तपुरको एउटा प्रख्यात पिकनिक स्पोर्ट हो । 

फाेटाेमा हेर्नुहाेस्...

नेपाल इको प्यानलले गरयो च्वङा गणेशस्थानमा बृक्षारोपण
नेपाल इको प्यानलले गरयो च्वङा गणेशस्थानमा बृक्षारोपण
नेपाल इको प्यानलले गरयो च्वङा गणेशस्थानमा बृक्षारोपण

Comments