आठौँ महाधिवेशन २०८१ फागुन १६, १७, १८ र १९ गते


जेठ २३, २०८१, बुधबार | विहान ०६:५८ बजे | 35


आठौँ महाधिवेशन २०८१ फागुन १६, १७, १८ र १९ गते

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा सम्पन्न भयो ।
बैठकमा प्रशिक्षण दिँदै अध्यक्ष बिजुक्छेँले पार्टीका नयाँ र पुराना पुस्तालाई राजनीतिकरूपले सचेत बनाउने कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाबारे कार्यकर्ताहरूलाई भूगोलसहित जानकारी दिनु आवश्यक छ, पार्टी कक्षा नियमितरूपमा चालु राख्नुपर्छ ।”
पुँजीवादी सत्ता ध्वंस गर्नुपर्ने र यसको लागि सशस्त्र क्रान्तिबाहेक अर्को उपाय नभएको दुई सय वर्ष अगाडि नै टुङ्गोमा पुगिसकेको उल्लेख गर्दै उहाँले सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिले मजदुरवर्गको जीत हुने सुनिश्चित गरेको बताउनुभयो ।
पुँजीवादी पार्टीका सांसदहरूलाई संसद्सम्म ‘चेक’ वितरण गरी भ्रष्ट बनाइने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पुँजीवादी व्यवस्था उदाङ्गिँदै गएको यथार्थ जनतालाई बताउनुपर्नेमा जोड दिनुभयो ।
बैठकले पार्टीको आठौँ महाधिवेशन २०८१ फागुन १६, १७, १८ र १९ गते काठमाडौँ उपत्यकामा गर्ने निर्णय ग¥यो ।

Comments